हेटौँडा अस्पतालमा २५ शैय्याको मनोचिकित्सा वार्ड

डिसी नेपाल
२२ असोज २०८० २२:३५

मनहरी । मकवानपुरको हेटौँडा अस्पतालमा उपचारका लागि २५ शैय्यासहित मनोचिकित्सा वार्ड सञ्चालन हुने भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज पत्रकार सम्मेलन गर्दै विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा हेटौँडा अस्पतालमा मङ्गलबार २५ शैय्याको मनोचिकित्सा वार्डसहित ओपिडी सेवा सुरुवात हुने जनाएको छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा सुरेन्द्र शेरचनले तीन चिकित्सक सम्मिलित टोलीले उपचार गर्ने बताए । अस्पतालमा सेवा पुनःसञ्चालनपछि प्रतिष्ठानले मकवानपुरका सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई मनोसामाजिक, मानसिक स्वास्थ्य सम्बन्धी तालिम प्रदान गर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका डिन दुर्गा मिश्र खड्का, स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा खगेन्द्र गेलाल, शिक्षाध्यक्ष डा सुरेन्द्र शेरचन, अस्पतालका रजिष्ट्रार राजेश प्रसाईं, मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटालगायत सहभागी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *