विश्वकपका लागि आएकी पाकिस्तानी पत्रकार जैनब अब्बासलाई भारतले देश निकाला गरेको हो ?

डिसी नेपाल
२३ असोज २०८० १४:४२

काठमाडौं । पाकिस्तानी खेलकुद पत्रकार तथा कमेन्टेटर जैनब अब्बासलाई भारतबाट जबरजस्ती निकालिएको दाबीमा सत्यता नभएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले जनाएको छ ।

जैनब अब्बास विश्वकपका लागि आईसीसी प्रस्तोताहरू मध्ये एक थिइन् । भारतबाट फर्किएपछि अधिकारीहरूले उनलाई ‘डिपोर्ट’ गरेको (जबरजस्ती फिर्ता पठाएको) सामाजिक सञ्जालमा चर्चा चलेको थियो । तर, अब आईसीसीले जैनब ‘व्यक्तिगत कारणले’ फर्किएको बताएको छ ।

आईसीसीका मिडिया तथा सञ्चार निर्देशक क्लेयर फर्लङले बीबीसीलाई बताइन् , ‘उनी व्यक्तिगत कारणले घर फर्किएकी हुन् । रिपोर्टहरूको विपरित उनलाई देश निकाला गरिएको छैन।’

आईसीसीले यस विषयमा स्पष्ट पार्ने प्रयास गरेको छ तर भारतीय मिडिया र सामाजिक सञ्जालमा उनको फिर्ताको लागि अर्कै कारण दिइएको छ ।

पुराना ट्वीट भाइरल भएपछि जैनबलाई धम्की आएको रिपोर्ट र सोशल मिडियामा दाबी गरिएको छ। उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पनि परेको छ ।

तर, जैनब अब्बासले भने यस विषयमा अहिलेसम्म केही भनेकी छैनन् । के ‘व्यक्तिगत कारण’ ले फर्किएकी थिइनन् भन्ने पनि बताएकी छन् ।

अक्टोबर ५ बाट भारतमा विश्वकप सुरु भएको थियो । त्यसयता जैनबका पुराना ट्वीटको चर्चा छ । विशेष गरी एक वर्ष अघि गरिएको ट्वीट।

यसमा उनले हिन्दू धर्म र भारतको बारेमा अपमानजनक शब्द प्रयोग गरेको आरोप छ।

ट्विट भाइरल भएपछि उनलाई धम्की आइरहेको र त्यही भएर फर्किएको दाबी पनि गरिएको थियो ।

बीबीसीले जैनबको पक्ष जान्नका लागि सम्पर्क गर्‍यो तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *