अरुण काबेलीको ३० असोजबाट २० लाख १४ हजार कित्ता सेयर लिलामी खुला हुँदै

डिसी नेपाल
२३ असोज २०८० १६:१७

काठमाडौ । अरुण काबेली पावरले असोज ३० गतेदेखि २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ ।

कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद कात्तिक १४ गतेसम्म रहेको छ ।

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । यसअघि कम्पनीले भदौ ११ देखि ३१ गतेसम्म १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *