इजरायलले गाजाका जनता बाहिर निस्कने बाटो बन्द गरिदियो, अब यी मानिस आक्रमणबाट कसरी जोगिन्छन् ?
काठमाडौं । इजरायलले गाजामा लगातार हमला गरेपछि धेरै मानिसहरू यहाँबाट भाग्न खोजिरहेका छन्। इजरायली सेनाले पहिले त्यस्ता मानिसहरू इजिप्ट क्रसिङबाट जान सक्ने बताएको थियो तर पछि यो बाटो बन्द गरिएको बताएको थियो।
वास्तवमा, इजिप्टसँगको सीमा पूर्ण रूपमा बन्द गरिएको छैन तर एक दिनमा ४०० जनालाई मात्र सीमा पार गर्न अनुमति दिइएको छ, मानिसहरूको प्रतीक्षा सूची धेरै लामो छ।
लामो समयदेखि गाजाबाट सर्वसाधारणलाई बाहिर निस्कन सजिलो छैन, विशेषगरी इजरायलले यो प्रतिशोधात्मक कारबाही सुरु गरेपछि गाजाका जनतालाई बाहिर निस्कन झनै कठिन भएको छ ।
जनताका लागि एक मात्र विकल्प संयुक्त राष्ट्रसंघका विद्यालयहरू हुन् जसलाई आश्रय गृह बनाइएको छ। यो अस्थायी आश्रयस्थलको ९० प्रतिशत ठाउँ पहिले नै भरिएको र धेरै मानिसलाई शरण दिन नसक्ने राष्ट्रसंघले जनाएको छ ।
यस्तो अवस्थामा मानिसहरूलाई यहाँबाट बाहिर निस्कन निकै गाह्रो छ। कतिपय मानिसहरु आफ्नो घरको बेसमेन्टमा बस्दै आएका छन् तर भवन भत्किएमा उनीहरु त्यसको मुनि फसिरहनेछन् ।
मानिसहरूले स्थानीय मिडियालाई मद्दतको लागि कल गरिरहेका छन्। गएराति ३० परिवार बेसमेन्टमा फसेका थिए । आम मानिससँग यहाँ कुनै विशेष विकल्प छैन।
Facebook Comment