गाजामा मानवीय करिडोर निर्माण गर्न माग, युनिसेफले दियो खराब अवस्था आउन सक्ने चेतावनी
काठमाडौं । विश्व स्वास्थ्य संगठनले गाजामा मानवीय कोरिडोर बनाउन अपिल गरेको छ। प्यालेस्टिनी अधिकारीका अनुसार गाजामा हालसम्म ७७० जनाको मृत्यु भइसकेको छ भने ४१०० जना घाइते भएका छन् ।
इजरायलको लगातार हवाई हमला र गाजामा नाकाबन्दीका कारण जनताको समस्या बढ्दै गएको छ । इजरायलले सोमबार गाजामा पूर्ण नाकाबन्दीको घोषणा गरेको थियो । त्यहाँ पानी, इन्धन र बिजुलीको आपूर्ति पूर्ण रूपमा ठप्प छ ।
विश्व स्वास्थ्य संगठनले प्रभावित क्षेत्रमा मानवीय करिडोर निर्माण गर्नुपर्ने बताएको छ ।
यसअघि संयुक्त राष्ट्र संघको सङ्गठन युनिसेफले गाजामा पूर्ण नाकाबन्दीले निकै नराम्रो परिणाम ल्याउन सक्ने चेतावनी दिएको थियो ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार मामिला प्रमुखले हमासले इजरायलमा गरेको आक्रमणको निन्दा गर्दै इजरायलले लगाएको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनअनुसार ‘गैरकानूनी’ भएको बताएका छन् ।
Facebook Comment