हमासले इजरायली सहरमा आक्रमण गर्ने धम्की दियो, मानिसहरूलाई इलाका खाली गर्न भन्यो

काठमाडौं । प्यालेस्टिनी चरमपन्थी संगठन हमासले गाजामा भएको आक्रमणको जवाफमा इजरायली सहरलाई निशाना बनाउने धम्की दिएको छ ।
हमासले अस्केलोन सहरमा आक्रमण गर्ने धम्की दिएको छ ।
टेलिग्राममा एक पोस्टमा हमासले भनेको छ, “गाजाको उत्तरमा रहेका सहरका मानिसहरूले स्थानीय समयअनुसार बेलुकी ५ बजेसम्म इलाका छोड्नुपर्छ।”
इजरायली सेनाका अनुसार शनिबारदेखि गाजाबाट साढे चार हजारभन्दा बढी रकेट प्रहार गरिएको छ। हमासको आक्रमणको जवाफमा इजरायलको वायुसेनाले गाजामा बमबारी गरिरहेको छ।
हालसम्म इजरायलमा ९०० र गाजामा ७७० जनाको मृत्यु भएको जानकारी आएको छ ।
प्रतिक्रिया
Facebook Comment