इजरायल-हमास द्वन्द्वको बीचमा मलाला युसुफजाईले भनिन्- युद्धले बालबालिकाहरूलाई पनि छोड्दैन

डिसी नेपाल
२४ असोज २०८० १३:४०

काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले इजरायल र हमास द्वन्द्वको बीचमा युद्धविरामको लागि अपील गरेकी छन्।

उनले ट्वीटरमा लेखेकी छिन्, “विगत केही दिनदेखि म दुखद समाचार हेर्दै छु। म यो सबैमा फसेका प्यालेस्टिनी र इजरायली बालबालिकाको बारेमा सोचिरहेकी छु।”

मलालाले लेखेकी छिन्, “म केवल ११ वर्षकी थिएँ जब मैले हिंसा र आतंकवादको सामना गरें। हामीले हाम्रा विद्यालय र मस्जिदहरू बमले ध्वस्त भएको देख्यौं। शान्ति भनेको हामीले सपनामा मात्रै देख्न सक्ने कुरा बन्यो।”

उनले पोष्टमा लेखेकी छन्, “युद्धले बालबालिकालाई पनि छोड्दैन । इजरायलबाट अपहरण गरिएकाहरूलाई पनि छोड्दैन र गाजामा हवाई हमलाको बीचमा खाने र पिउने कुरा बिना लुकेर बसेकाहरूलाई पनि छोड्दैन।”

नोबेल शान्ति पुरस्कार विजेता २६ वर्षीया मलाला युसुफजाईको जन्म पाकिस्तानमा भएको थियो । सन् २०१२ मा महिला शिक्षाको प्रवर्द्धनमा संलग्न मलालालाई तालिबान अतिवादीहरूले निशाना बनाएका थिए।

यस आक्रमणमा मलालाको ज्यान जोगियो । तर यसपछि पनि उनले महिला शिक्षाको क्षेत्रमा काम गरिरहेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *