गाजामा चलिरहेको अन्तिम बिजुली प्लान्ट पनि अर्को तीन घण्टामा बन्द हुने

काठमाडौं । प्यालेस्टिनी ऊर्जा अधिकारीले आगामी तीन घण्टामा गाजाको अन्तिम बिजुली केन्द्रको इन्धन पनि सकिने र यहाँको बिजुली पूर्ण रूपमा काटिने बताएका छन्।
ऊर्जा अधिकारी जलाल इस्माइलले स्थानीय समयअनुसार आज दिउँसो २ बजेदेखि उक्त विद्युत् केन्द्रले पूर्ण रूपमा काम गर्न छाड्ने बताए । नेपालमा पौने ५ बज्दा गाजामा दिउँसोको २ बज्नेछ ।
सोमबारदेखि इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गरेको छ र त्यहाँ पूर्ण ‘नाकाबन्दी’ घोषणा गरेको छ।
इजरायलमा बिजुलीसँगै पानी, औषधि र खाद्यान्न जस्ता सबै आपतकालीन आपूर्तिहरू बन्द गरिएको छ।
गाजा पट्टी हमासको नियन्त्रणमा छ तर यसको बन्दरगाह र हवाई क्षेत्र इजरायलको नियन्त्रणमा छ।
गाजाका करिब ८० प्रतिशत मानिसहरू मानवीय सहायतामा निर्भर थिए।
बुधवार, प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्रले शनिबारदेखि करिब आधा मिलियन मानिसहरूले खाना नपाएको बताए।
स्थानीय अधिकारीका अनुसार यहाँ अहिलेसम्म कम्तिमा ९५० जनाको मृत्यु भइसकेको छ ।
Facebook Comment