गाजाका सर्वसाधारण जनतालाई यो संघर्षको सामूहिक सजाय दिइँदैछ – मानवअधिकार कार्यकर्ता
काठमाडौं । मानवअधिकार कार्यकर्ता होजाइफा याज्जीले यस रक्तपातपूर्ण द्वन्द्वका लागि गाजामा बसोबास गर्ने सर्वसाधारणलाई ‘सामुहिक सजाय’ दिइएको बताएकी छन्।
नर्वेको शरणार्थी काउन्सिलका प्रबन्धक याज्जीले बीबीसी कार्यक्रम न्युजनाइटमा भनिन्: “म दुबै पक्षका नागरिकहरूलाई लक्षित गर्ने कुरालाई कुनै पनि हालतमा स्वीकार गर्न सक्दिन। सामान्य मानिसहरूलाई गाजामा बदलाको लागि सामूहिक रूपमा दण्डित गरिएको छ।”
“म मेरो झ्याल बाहिर हेर्छु र मानिसहरू गाजाको सडकमा दौडिरहेका छन्, उनीहरूलाई कहाँ जाने थाहा छैन, उनीहरूसँग कुनै आशा बाँकी छैन।”
गाजाका जनताले विगत १४ वर्षमा धेरै आक्रमणको सामना गर्नु परेको छ । होजाइफा भन्छिन् कि यस स्तरमा आक्रमण पहिले कहिल्यै भएको थिएन।
“यहाँको अवस्था धेरै खराब छ, यति खराब छ कि म यसलाई शब्दमा व्याख्या गर्न सक्दिन। गाजामा कुनै सुरक्षित स्थान बाँकी छैन।”
शनिबार हमासको आक्रमणबाट सुरु भएको यो द्वन्द्वमा इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ । इजरायलले गाजामा बिजुली, पानी, खाना र औषधि जस्ता आपतकालीन सामग्रीको आपूर्ति बन्द गरेको छ।
गाजाको अस्पताल प्रणाली बिजुलीको अभाव र घाइतेहरूको बढ्दो संख्याका कारण ध्वस्त हुने अवस्थामा छ। हालसम्म इजरायलमा १२०० जनाको मृत्यु भइसकेको छ भने गाजामा ९०० जनाको ज्यान गएको छ ।
Facebook Comment