इजरायलले सन् २००६ पछि पहिलो पटक गाजामा आक्रमण गर्न विमान प्रयोग गर्दै
काठमाडौं । इजरायली वायुसेनाले अब गाजा पट्टीमा आक्रमण गर्न विमानहरू प्रयोग गरिरहेको छ। बुधबार बिहान इजरायलको सेनाले पछिल्लो २४ घण्टामा ४५० वटा लक्ष्यलाई निशाना बनाएको बताएको छ ।
वायुसेनाका प्रवक्ता डेनियल हगारीले भने ‘सन् २००६ पछि इजरायलले गाजामा यस प्रकारको लन्चर प्रयोग गरेको यो पहिलो पटक हो।’
इजरायलले यो पनि दाबी गरेको छ कि उसले हमासको अखडालाई ध्वस्त पारेको छ जहाँबाट उनीहरुले ‘स्पट एयरक्राफ्ट’को काम गर्थे ।
सेनाले सामाजिक सञ्जालमा भनेको छ, “बिट हेनानमा रातभर ८० लक्ष्यमा हमला भएको थियो। जसमा बैंकका दुई शाखाहरू पनि समावेश छन् जसलाई हमासले आतंकवादलाई आर्थिक सहयोग गर्न प्रयोग गरेको थियो। यसबाहेक हमासले प्रयोग गरेको एउटा सुरुङ र दुईवटा परिचालन कमाण्ड सेन्टर पनि ध्वस्त पारिएको छ ।”
इजरायली सेनाले दुई कम्पाउन्ड सहित हमासको तालिम स्थलमा पनि आक्रमण गरेको जनाएको छ । बुधवार बिहान, हजारौं प्यालेस्टाइनीहरूले गाजा पट्टीमा इजरायली हवाई हमलाको विरोधमा ‘अधिकृत वेस्ट बैंक’का शहरहरूमा प्रदर्शन गरे।
Facebook Comment