इजरालयमा रहेका नेपाली विद्यार्थीको उद्धारका क्याप्टेन रिजालसहितको टोली जाने

काठमाडौं । इजरालयमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायुसेवा निगमका क्याप्टेन श्रवण रिजालसहितको टोली जाने भएको छ ।
उक्त क्षेत्रमा उडान गर्ने विषयमा पाइलटहरुबीच आनाकानी भइरहँदा निगमका अपरेशन निर्देशकसमेत रहेका क्याप्टेन रिजालको टोली उद्दारका लागि युद्धग्रस्त क्षेत्रमा जान तयार भएको हो ।
रिजाल उनै क्याप्टेन हुन् जसले यसअघि काबुलमा तालीबानको आक्रमणमा परि ज्यान गुमाएका १२ जना नेपालीको शव ल्याएका थिए ।
प्रतिक्रिया
Facebook Comment