बिहारमा लिकबाट बाहिर पुग्यो रेलः ४ को मृत्यु, ८० जना घाइते

पटना। भारतको बिहारमा रेल दुर्घटना भएको छ। बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ।
टुरीगञ्ज र रघुनाथपुर बीचमा यो दुर्घटना भएको हो। रेलका २१ वटा डिब्बा पटरीबाट खसेका हुन्। दुर्घटनास्थलमा विहानैसम्म राहत तथा उद्धार कार्य जारी रहेको थियो। दुर्घटनामा कुल चार जनाको मृत्यु भएको छ भने करिब ८० जना घाइते भएका छन्।
तीमध्ये केहीलाई रघुनाथपुर प्राथमिक स्वास्थ्य केन्द्र, केहीलाई आराह र बक्सर तथा केहीलाई एम्स पटना र आईजीआईएमएस पटनामा भर्ना गरिएको छ। रेल अधिकारीहरू घटनास्थलमा उपस्थित छन्। यो ट्रेन दिल्लीबाट कामाख्या जाँदै थियो।
प्रतिक्रिया
Facebook Comment