इजरायलमा जे भइरहेको छ त्यो ‘भयानक’ छ तर यसमा इरानको कुनै भूमिका छैन : पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायलमा जे भइरहेको छ त्यो ‘भयानक’ भएको बताएका छन् ।
उनले दुवै पक्षलाई नागरिकको मृत्यु कम गर्न आह्वान गरेका छन्।
“मलाई थाहा छैन किन अमेरिकाले यस क्षेत्रमा विमान वाहक समूहहरू ल्याइरहेको छ,” उनले मस्कोमा पत्रकार सम्मेलनमा भने।
उनले अमेरिकाले इजरायललाई थप सैन्य सहायता पठाएको उल्लेख गरेका थिए । पुटिनले हमासको आक्रमणमा इरानको भूमिका रहेको आरोप पनि निराधार रहेको बताए ।
इरान र रुसबीचको सम्बन्ध राम्रो छ र इरानले रुसलाई सैन्य सहयोग पनि गरिरहेको खबर आएको छ ।
इजरायलमा हमासको आक्रमणपछि इरानमा खुसी मनाइयो तर हिजो इरानका शीर्ष नेताले यसमा देशको भूमिकालाई अस्वीकार गरे।
इरानले हमासको लामो समयदेखि समर्थन गर्दै आएको छ र उसलाई आर्थिक सहयोगका साथै हतियार आपूर्ति गरेको छ।
इजरायली सेनाका अनुसार हमासको आक्रमणमा १२ सय जनाको मृत्यु भएको छ भने २७ सयभन्दा बढी घाइते भएका छन् ।
यसैबीच प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजामा जारी इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या १०५५ पुगेको जनाएको छ ।
Facebook Comment