शुक्रबारबाट संसदको बजेट अधिवेशन अन्त्य गर्ने सहमति

डिसी नेपाल
२५ असोज २०८० १५:३७

काठमाडौं। सत्तारुढ गठबन्धनमा संघीय संसदको चालु बजेट अधिवेशन भोलि शुक्रबारबाट अन्त्य गर्ने सहमति भएको छ । बिहीबार बसेको गठबन्धनको बैठकमा शुक्रबारबाट संसद्को चालु बजेट अधिवेशन अन्त्य गर्ने सहमति जुटेको हो ।

मन्त्रिपरिषद्को बैठक बसेर संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने र सोहीअनुसार राष्ट्रपतिले पनि सदनको चालु अधिवेशन अन्त्य गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *