नेपाल एयरलाइन्सको विमान इजरायलमा, २५० जना विद्यार्थी राति स्वदेश आइपुग्ने
काठमाडौं। हामसको आक्रमणमा परेको इजरायलमा रहेका नेपालीको उद्धारका लागि काठमाडौंबाट गएको विमान तेल अभिभ विमानस्थलमा अवतरण गरेको छ ।
बिहीबार बिहान साढे ३ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नेपाल एयरलाइन्सको विमान नेपाली समयअनुसार दिउँसो २ बजे इजरायलको तेल हबिबमा अवतरण गरेको नेपाल सरकार परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुबईलाई ‘टान्जिट’ बनाएर नेपाल एयरलाइन्सको विमान इजरायल पुगेको हो । सोही विमानमा नेपालीलाई उद्धार गर्न भन्दै परराष्ट्रमन्त्री एनपी साउद इजरायल पुगेका छन् ।
सोही विमानमा आज २५० जना नेपाली विद्यार्थी स्वदेश फर्कन लागेका छन् । विमान राति सवा ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।
प्रतिक्रिया
Facebook Comment