चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडावृद्धि गर्न पाउँदैनन् : नागरिक उड्डयनमन्त्री
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडाबृद्धि गर्न नपाउने बताएका छन् ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री किरातीले भाडावृद्धि भएको भन्ने विषयमा शुक्रबार सेवाप्रदायक संस्थाहरुसँग कुरा गर्ने भन्दै चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडावृद्धि गर्न नपाउने बताएका हुन् ।
नियम कानून भन्दा बाहिर गएर कसैले भाडा बढाउन नपाउने उनले बताए । त्यस्तै मन्त्री किरातीले दशैभन्दा अगाडी नै थप जहाज ल्याउने कोशिस गरेपनि ल्याउन नसकिएकाले अहिलेलाई भएका जहाजबाट नै काम चलाउनुपर्ने अवस्था रहेको बताए ।
प्रतिक्रिया
Facebook Comment