नाकाबन्दी गरेर सहरमा बम बर्षाएको इजरायली सेनाले भन्यो– आम जनता हाम्रा शत्रु होइनन्

डिसी नेपाल
२७ असोज २०८० १०:३४

काठमाडौं । इजरायली सेनाका प्रवक्ता जोनाथन कोनरिकसले गाजा पट्टीबाट क्षेत्र खाली गर्ने इजरायलको निर्णय ‘मानवीय उपाय’ भएको बताएका छन्।

एक्समा पोस्ट गरिएको पछिल्लो भिडियोमा उनले आफ्नो उद्देश्य जीवन बचाउने रहेको बताएका छन् । उनले भने ‘सामान्य मानिसहरू हाम्रा शत्रु होइनन्।’

उनले गाजा पट्टीमा भएको आक्रमणका क्रममा सेना सर्वसाधारणलाई न्यूनतम क्षति पुर्‍याउन चाहन्छ र अन्तर्राष्ट्रिय सशस्त्र द्वन्द्वको कानुनप्रति प्रतिबद्ध रहेको बताए।

क्षेत्र खाली गर्ने बारे उनले भने, “हामीलाई थाहा छ यसले समय लिनेछ र यो सजिलो प्रक्रिया होइन।” क्षेत्र खाली गर्ने आदेशले गाजा पट्टीको आधा जनसंख्या, लगभग ११ लाख मानिसहरूलाई असर गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *