गाजाका सर्वसाधारणहरूका लागि ‘लुक्ने ठाउँ छैन र भाग्ने बाटो छैन’

काठमाडौं । इजरायलले २४ घण्टाभित्र उत्तरी गाजा खाली गर्ने चेतावनी दिएपछि गाजाका बासिन्दाहरू आफ्ना सरसामानसहित घर छाडेर सुरक्षित स्थानतर्फ सरिरहेका छन् ।
गाजा सहरकी बासिन्दा फराह अबो सेइदोले बीबीसी न्यूज आवर कार्यक्रमलाई बताएअनुसार उनलाई सहर खाली गर्ने चेतावनी दिएपछि के गर्ने थाहा छैन।
उनले भनिन्, “मैले मानिसहरु आफ्नो सामान बोकेर हिडेको देख्छु तर हामी कहाँ जाने? यो एकदम सानो सहर हो। यहाँबाट जाने बाटो छैन। हामी आफ्नो ज्यान जोगाउन खोजिरहेका छौं।”
उनले भनिन्, “हरेक रात उनीहरूले हामीलाई कुनै दया नगरी बम हान्छन्। त्यहाँ केही बाँकी छैन।”
फराहले भनिन्, “हामीलाई कसैले सुरक्षा दिइरहेको छैन, न त कसैले मद्दत पठाइरहेको छ। कुनै ठाउँ पनि सुरक्षित छैन। यहाँ ठूलो संख्यामा बालबालिका र गर्भवती महिला छन् र कसैले सहयोग गरिरहेको छैन।”
इजरायलले लामो समयदेखि हमासले आफ्ना सैन्य कारबाहीका लागि नागरिकहरूलाई मानव ढालको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएको छ।
बीबीसीका कूटनीतिक संवाददाता पाउल एडम्सका अनुसार इजरायलले प्यालेस्टाइनी नागरिकको सुरक्षालाई खतरामा पारेर हमासले घना जनसंख्या भएको इलाकामा गोलाबारुद र हतियारको भण्डार राखेको छ।
२०२१ मा गाजामा आफ्नो अभियानको क्रममा, इजरायली सेनाले एक भिडियो साझा गर्यो जसमा घना जनसंख्या भएको क्षेत्रबाट रकेटहरू प्रहार भइरहेको देखिन्छ।
इजरायलले गाजामा भूमिगत सुरुङहरूको नेटवर्कलाई पनि औंल्याएको छ, जसलाई ‘मेट्रो’ भनिन्छ, जुन हमास लडाकुहरूले लुक्न प्रयोग गर्दन्छ।
यसैबीच, इजरायलले उत्तरी गाजा खाली गर्न आकाशबाट लाखौं पर्चाहरू खसालेको छ।
Facebook Comment