इजरायली सेनाले गाजामा बन्धकहरूको शव फेला पारेको इजरायली अखबारको दावी

डिसी नेपाल
२७ असोज २०८० १२:५४

काठमाडौं । इजरायली सेनाले शुक्रबार गाजामा आफ्नो आक्रमणको क्रममा केही इजरायली नागरिकको शव फेला पारेको छ। इजरायली अखबारहरूले यी शव हमासले बन्धक बनाएका व्यक्तिहरूको भएको दाबी गरेका छन्।

इजरायली अखबार ‘हारेट्ज’ र ‘जेरुसेलम पोस्ट’ले इजरायल डिफेन्स फोर्सलाई उद्धृत गर्दै सेनाले धेरै अज्ञात शव फेला पारेको बताएको छ। उनीहरुलाई इजरायली भूमिमा ल्याइएको छ। बन्धक बनाइएका यी व्यक्तिका केही सामान पनि बेपत्ता छन्।

‘जेरुसेलम पोष्ट’ ले लेखेअनुसार इजरायली पैदल सेना र सशस्त्र इकाइहरूले हमासको लक्ष्यमा शुक्रबारबाट सुरु भएको आक्रमणमा भाग लिए।

हमासको लुक्ने ठाउँमा छापा मार्दा इजरायली क्षेत्रलाई ट्याङ्क विरोधी मिसाइलले आक्रमण गरेको थियो। इजरायलले उत्तरी गाजामा बसोबास गर्ने ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजातर्फ जान आग्रह गरेको छ ।

तर, संयुक्त राष्ट्र संघले इजरायलको यो आदेशको आलोचना गर्दै यो त्रासदीले अझ भयावह रूप लिने बताएको छ । अर्कोतर्फ हमासले इजरायलको यो ‘फर्जी प्रोपागाण्डा’ मा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *