लेबनानमा मिसाइल आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु
काठमाडौं । दक्षिणी लेबनानमा मिसाइल प्रहारमा समाचार एजेन्सी रोयटर्सका एक भिडियो पत्रकारको मृत्यु भएको छ ।
इसाम अब्दुल्लाह नामका पत्रकारको मृत्युसँगै अरु ६ जना पत्रकार घाइते भएका छन् ।
रोयटर्स समाचारका अनुसार अल जजिरा, एएफपी र रोयटर्सका पत्रकारहरू इजरायलसँग सीमा जोडिएको लेबनानको दक्षिणी क्षेत्रमा काम गरिरहेका थिए।
हाल इजरायली सीमामा हिजबुल्लाह र इजरायलले एकअर्कालाई आक्रमण गरिरहेका छन्। लेबनानी प्रधानमन्त्री नाजिब मिकाती र हिजबुल्लाहले दुर्घटनाको लागि इजरायललाई दोष दिएका छन्।
इजरायल रक्षा बलले तुरुन्तै प्रतिक्रिया दिएन। यद्यपी यसका संयुक्त राष्ट्रसंघका राजदूत गिलार्ड एर्डनले भनेका छन्, “आफ्नो काम गरिरहेका पत्रकारलाई निशाना बनाउने हाम्रो नियत नभएकोमा कुनै शंका छैन। तर तपाईलाई थाहा छ कि युद्धको अवस्थामा यस्ता दुर्घटनाहरू हुन सक्छ।”
उनले इजरायलले यस विषयमा छानबिन गर्ने बताए । रोयटर्सले एक विज्ञप्ति जारी गर्दै इसाम अब्दुल्लालाई प्रसारणकर्ताहरूलाई लाइभ भिडियो सिग्नल उपलब्ध गराउने क्रममा मारिएको बताएको छ।
उनको क्यामेरा पहाडतर्फ थियो । तर ठूलो विस्फोटले उनको क्यामेरा हल्लायो। त्यहाँ धुलोको ठूलो बादल देखियो र त्यसपछि चिच्याएको आवाज सुनियो।
Facebook Comment