इजरायली प्रहरीले बीबीसीका पत्रकारलाई कुट्यो

डिसी नेपाल
२७ असोज २०८० १३:०९

काठमाडौं । इजरायलमा हमासको आक्रमणको कभर गर्न आएका बीबीसी पत्रकारहरूलाई इजरायली प्रहरीले पहिले बन्दुकको नोकमा रोकेको छ र त्यसपछि हातपात गरेको छ।

यो घटना इजरायली शहर तेल अवीवमा भएको हो । बीबीसीका अनुसार बीबीसी अरेबिक सर्भिसका पत्रकार मुहन्नाद टुतुन्जी र हैतम अबुदियाबलाई कार चलाएर होटलतर्फ जाँदै गर्दा रोकिएको थियो ।

उनलाई कारबाट बाहिर निकालेर खोजी गरिएको थियो । त्यही क्रममा उनलाई पर्खालतिर धकेलियो । उनी यात्रा गरिरहेको गाडीमा रातो टेपले ‘टिभी’ लेखिएको थियो । रोकिएपछि टुतुन्जी र अबुदियाबले प्रहरीलाई आफ्नो परिचयपत्र समेत देखाए ।

खोजीका क्रममा भिडियो बनाउन खोज्दा प्रहरीले धकेलेर भुइँमा लडाएको टुटुन्जीले बताए । सो क्रममा उनको घाँटीमा चोट लागेको थियो ।

घटनाको प्रतिक्रिया दिँदै बीबीसीका प्रवक्ताले भने, “पत्रकारहरूलाई इजरायल-गाजाबाट कुनै अवरोध बिना रिपोर्ट गर्न अनुमति दिनुपर्छ।”

घटनाको बारेमा थप विवरण दिँदै प्रवक्ताले भने, “बीबीसी न्यूजको अरबी सेवाको टोली तेल अवीभमा तैनाथ गरिएको थियो। यो टोलीको कारमा मिडिया स्पष्ट लेखिएको थियो। तर इजरायल प्रहरीले गएराति उनीहरुलाई रोकेर कुटपिट गरेको थियो ।’

बीबीसीले इजरायली प्रहरीसँग यस घटनामा उनीहरूको अडान लिन सम्पर्क गरेको छ। गत शनिबार इजरायलमा हमासको आक्रमणपछि इजरायली सेनाले जवाफी कारबाही सुरु गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *