इजरायलमा हमासको आक्रमणमा कुन देशका कति नागरिकको मृत्यु भयो ?

डिसी नेपाल
२७ असोज २०८० १५:०७

काठमाडौं । गत हप्ता इजरायलमा हमासले गरेको आक्रमणमा हालसम्म १३ सय जनाको मृत्यु भएको पुष्टि भएको छ ।

समाचार एजेन्सी एएफपीले यस आक्रमणमा मारिएका १०० भन्दा बढी विदेशीको सूची तयार गरेको छ।

आक्रमणपछि बेपत्ता भएका वा बन्धक बनाइएका विदेशीको सङ्ख्या पनि यो सूचीमा थपिएको छ ।

सूचीअनुसार आक्रमणमा अमेरिकाका २७ जनाको मृत्यु भएको छ । यस्तै थाइल्याण्डका २४ जनाको मृत्यु भएको छ भने फ्रान्सका १५ जनाको मृत्यु भएको छ ।

यो आक्रमणमा नेपालका १० जनाको मृत्यु भएको छ । यस्तै अर्जेन्टिनाका सात जनाको मृत्यु भयो भने युक्रेनका पनि सात जनाको मृत्यु भएको छ ।

रूसका चार जनाको, बेलायतका चार जनाको, चिलीका चार जनाको मृत्यु भएको छ । अस्ट्रियाका तीन जनाको, बेलारुसका तीन जनाको, फिलिपिन्सका तीन जनाको, ब्राजिलका तीन जनाको मृत्यु भएको छ ।

पेरुका दुई जनाको, रोमानियाका दुई जनाको र अष्ट्रेलिया, अजरबैजान, कम्बोडिया, आयरल्याण्ड, पोर्चुगल, स्पेन, स्विजरल्याण्ड, कोलम्बिया र पाराग्वेका एक एक जनाको मृत्यु भएको छ ।

यसतै जर्मनीर मेक्सिकोका धेरै मानिसहरूलाई बन्धक बनाइएको छ । इटाली, पाराग्वे, श्रीलंका, तान्जानियाका धेरै नागरिकहरू बेपत्ता छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *