उत्तरी गाजाबाट भाग्दै गरेका प्यालेस्टाइनीहरूको भीडमा आक्रमण भएको पुष्टि, धेरै बालबालिकाको मृत्यु
काठमाडौं । शुक्रबार साँझ उत्तरी गाजाबाट निस्किएको प्यालेस्टिनीहरूको भीडमा हमला भएको खबर आएको थियो। हमलासँग सम्बन्धित भिडियो फुटेज हेरेर अनुसन्धान गरेपछि अब बीबीसी भेरिफाइ टोलीले यसको पुष्टि गरेको छ ।
बीबीसी भेरिफाइले यो हमला सलाह-अल-दिन रोडमा भएको बताएको छ। यो उत्तरी गाजाबाट दक्षिणतर्फ जाने दुईवटा निकासी मार्गहरू मध्ये एक हो, जसबाट नागरिकहरू गुज्रिरहेका छन्।
इजरायली सेनाले उत्तरी गाजामा बसोबास गर्ने सर्वसाधारणलाई अपराह्न ४ बजेसम्म इलाका खाली गर्न भनेको थियो। त्यसपछि यी रुटहरूमा भीड लाग्ने गरेको छ ।
शुक्रबारको भीडमा भएको आक्रमणपछि उपलब्ध फुटेजमा कम्तीमा १२ जनाको शव देखिन्छ । जसमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।
बालबालिकामध्ये केही दुईदेखि पाँच वर्षका बीचका देखिन्छन्। फुटेजमा देखिने मानिसको छायाबाट स्थानीय समय अनुसार साँझ ५.३० बजे रेकर्ड गरिएको देखिन्छ ।
तिनीहरूमध्ये धेरैजसो फ्ल्याटबेड ट्रकको पछाडि सुतिरहेको देखियो। अरूहरू सडकमा यता-उता छरिएका छन्। केही क्षतिग्रस्त सवारीसाधन पनि देखिन्छन् ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यस घटनामा ७० जनाको मृत्यु भएको र यसको पछाडि इजरायलको हात रहेको बताएको छ । इजरायलको रक्षा बलले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comment