अफगानिस्तानमा फेरि ६.३ म्याग्निच्युडको भूकम्प

डिसी नेपाल
२८ असोज २०८० १२:०४

काठमाडौं । अफगानिस्तानमा फेरि भूकम्पको धक्का महसुस भएको छ । उत्तरी अफगानिस्तानको हेरात सहरमा स्थानीय समय अनुसार बिहान ८.०६ बजे ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

अफगानिस्तानको टोलो न्युजले यसअघि पनि यस क्षेत्रमा भूकम्पको धक्का महसुस गरेको जनाएको छ ।

गत शनिबार हेरात प्रान्तमा गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी २५ सयभन्दा बढीले ज्यान गुमाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *