रुसका उपविदेशमन्त्रीले हमासका प्रतिनिधिसँग भेट्ने

डिसी नेपाल
२८ असोज २०८० १३:२२

काठमाडौं । रुसले आफ्ना उप विदेशमन्त्रीले अर्को हप्ता कतारमा हमासका प्रतिनिधिसँग भेट्न सक्ने बताएको छ ।

यस क्रममा गत हप्ताको आक्रमणपछि बन्धक बनाइएका इजरायलीहरूको रिहाइबारे छलफल हुनेछ।

रुसको सरकारी समाचार एजेन्सी रिया–नोवोस्तीले यो जानकारी दिएको हो ।

बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबार्डले आफ्नो पछिल्लो विश्लेषणमा रूसले अहिले सम्भावित शान्ति निर्माताको भूमिका खेल्ने प्रयास गरिरहेको बताएका छन्।

उनले हमास र इरान दुवैसँग रुसको सम्बन्ध रहेको पनि बताए । इरानमाथि हमास चरमपन्थीलाई आर्थिक सहयोग गरेको आरोप पनि लगाइएको छ ।

रुसका उप-विदेशमन्त्री मिखाइल बोगदानोभले आफ्नो भ्रमणका क्रममा हमासका प्रतिनिधिहरूसँग भेट्ने सम्भावनालाई अस्वीकार नगर्ने समाचार एजेन्सीलाई बताए। उनले भने, ‘उनीहरुले चाहेमा हामी सँधै सम्पर्कको पक्षमा छौं ।

“विशेष गरी यस्तो अवस्थामा, यो बैठक बन्धकहरूको रिहाई लगायत धेरै व्यावहारिक मुद्दाहरू समाधान गर्न प्रभावकारी हुनेछ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *