हमासका नेता र इरानका विदेशमन्त्रीबीच कतारमा भेटवार्ता, इरानले सहयोग जारी राख्ने
काठमाडौं । हमासका नेता इस्माइल हानियाले कतारमा इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसँग भेट गरेको खबर छ ।
समाचार एजेन्सी रोयटर्समा प्रकाशित हमासको विज्ञप्ति अनुसार अमिर-अब्दुल्लाहियानले आफ्नो लक्ष्य हासिल गर्न समूहसँग सहकार्य जारी राख्न सहमत भएका छन्।
कतारको दोहामा दुई नेताबीच भएको भेटमा अमिर अब्दुल्लाहियानले एक साताअघि इजरायली लक्ष्यमा हमासले गरेको आक्रमणलाई “ऐतिहासिक विजय” भन्दै प्रशंसा गरे।
इरानको आधिकारिक समाचार एजेन्सी इरनाले पनि दुई नेताबीच भएको भेटको भिडियो शेयर गरेको छ । इजरायल र हमासबीचको युद्धको यो आठौं दिन हो।
हमासले ठीक एक साताअघि इजरायलमा आक्रमण गरेको थियो, जसमा १३०० जनाको ज्यान गइसकेको छ भने धेरै इजरायली नागरिक हमासको नियन्त्रणमा छन् ।
गाजामा इजरायली सैन्य कारबाहीमा हालसम्म २२०० जनाको मृत्यु भइसकेको छ ।
Facebook Comment