गाजामाथि इजरायलको कब्जा ‘ठूलो गल्ती’ हुनेछः बाइडेन
वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा इजरायली कब्जा ‘ठूलो गल्ती’ हुने चेतावनी दिएका छन्। बेन्जामिन नेतान्याहूको सरकारले प्यालेस्टिनी भूमिमा सम्भावित भूमि आक्रमणको तयारी गरिरहेको बेला वाइडेनको यो धारणा बाहिर आएको हो।
सीबीएस न्यूजको ६० मिनेटमा पोष्ट गरिएको भिडियो क्लिपमार्फत बाइडेनले भने,’उनले मानवीय कोरिडोरलाई समर्थन गर्न जरुरी छ, जसले मानिसहरूलाई गाजाबाट बाहिर निस्कन अनुमति दिनेछ र साथै गाजामा खाना र पानीसहित मानवीय सहायता पुर्याउन अनुमति दिनेछ।’
‘म विश्वस्त छु कि इजरायलले युद्धको नियम अन्तर्गत काम गर्नेछ,’ बाइडनेले भनेका छन्। अमेरिकी राष्ट्रपतिले ‘६० मिनेट’ मा स्कट पेलीसँग कुराकानी गर्दै उनले भनेका छन्-हमासले ‘सबै प्यालेस्टिनी जनता’ को प्रतिनिधित्व गरेकोमा विश्वास गर्दैनन्। र उनी सो समूहलाई पूर्ण रूपमा उन्मूलन भएको भने हेर्न चाहन्छन्।
Facebook Comment