इजरायल–हमास द्वन्द्वबारे चीन र अमेरिकाबीच छलफल
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग टेलिफोनमा इजरायल–हमास द्वन्द्वका कारण उत्पन्न परिस्थितिबारे छलफल गरेका छन् । चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त कुराकानीको जानकारी दिएको छ ।
यो समस्या समाधान गर्न चीनले जतिसक्दो चाँडो अन्तर्राष्ट्रिय शान्ति सम्मेलन बोलाउन आग्रह गरेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । प्यालेस्टाइन–इजरायल द्वन्द्व बढ्दै गएको र नियन्त्रण बाहिर जाने खतरा रहेको पनि उनले बताए ।
विज्ञप्ति अनुसार वाङ यीले ब्लिन्केनलाई भने ‘चीनले नागरिकलाई हानि गर्ने सबै गतिविधिको विरोध गर्दछ।’ उनले अन्तर्राष्ट्रिय नियमको उल्लंघनको पनि निन्दा गरे।
दुवै विदेशमन्त्रीले चीन र अमेरिकाबीचको पारस्परिक सम्बन्धका बारेमा पनि छलफल गरे। वाङ यीले भने ‘यसले स्थिरताको संकेत देखाएको छ।’
Facebook Comment