ट्राफिक प्रहरीतर्फ प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल उत्कृष्ट

डिसी नेपाल
२९ असोज २०८० १९:४४

काठमाडौं । नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८० अन्तर्गत आ–आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने ट्राफिक प्रहरीतर्फ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल उत्कृष्ट भएका छन् ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ६८औं प्रहरी दिवस २०८० का अवसरमा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पु¥याउनेहरुलाई सम्मानपत्र, कदरपत्र, पुरस्कार एवं विविध अलङ्कार तथा पदक प्रदान गर्ने क्रममा डिआइजी पोखरेल उत्कृष्ट भएका हुन् ।

त्यसैगरी नेपाल प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक ध्रुव राज राउत, प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीका प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरि शर्मा, प्रदेश प्रहरी गण खजुरा बाँकेका प्रहरी उपरीक्षक माधव प्रसाद बुढाथोकी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मी, ईलाका प्रहरी कार्यालय बुटवल रूपन्देहीका प्रहरी नायव उपरीक्षक दान बहादुर थापा र प्रहरी चौकी श्रीअन्तु ईलामका प्रहरी वरिष्ठ नायव निरीक्षक किरण प्रसाई पुरस्कृत भएका छन् ।

कार्यक्रमको अवसरमा प्रहरी महानिरीक्षक कुँवरले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीहरूलाई प्रोत्साहन तथा उच्च मनोबल प्रदान गर्नको लागि यसै वर्षदेखि यूनिसेफ नेपालको सहकार्यमा सञ्चालित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक समीक्षा खत्री, द्वितीय हुने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी हवल्दार देवी पाण्डे, तृतीय हुने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक निरला भण्डारी तथा सान्तवना पुरस्कारतर्फ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सरिता विश्वकर्मा र जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी सहायक हवल्दार वीरेन्द्र बिकलाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

यसैगरी प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ डा. छायादत्त न्यौपाने‘बगर’ र प्रहरी निरीक्षक जनार्दन घिमिरेलाई नगद पुरस्कार तथा पुरस्कृत भएका छन् । आइजीपी कुँवरले नेपाल प्रहरी विद्यालयका उत्कृष्ट शिक्षकतर्फ नेपाल प्रहरी स्कुल साँगा काभ्रेका शिक्षक भरत सिग्देल, ६८औं प्रहरी दिवस २०८० का अवसरमा सर्वोत्कृष्ट प्रहरी नारा ‘गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा’ परिकल्पना गर्ने प्रहरी सहायक निरीक्षक अमृत राना, ६८औं प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाल प्रहरीद्वारा आयोजना गरिएको चित्रकला प्रतियोगितामा विजयी हुने नारायणी मोडेल सेकेन्डरी स्कुल, भरतपुर महानगरपालिका–१० की कक्षा ९ मा अध्ययनरत छात्रा सृष्टि श्रेष्ठ र निबन्ध प्रतियोगितामा विजयी हुने सेन्ट जेभियर्स स्कुलकी कक्षा १० की छात्रा अनुष्का पाण्डेयलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरे ।

यसैगरी प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पु¥याउने अवकास प्राप्त प्रहरी उपरीक्षक ध्रुवरत्न हाडा, अवकास प्राप्त प्रहरी निरीक्षक श्याने राना र विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको समयमा र डेङ्गु नियन्त्रणको लागि नेपाल प्रहरीलाई स्वास्थ्य सुरक्षाको सामग्री उपलब्ध गराई सहयोग गर्ने समाजसेवी रमेश केसीलाई सम्मानपत्र प्रदान गरे । साथै नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने उदयपुर बेलका नगरपालिकाका धनराज दाहाललाई कदरपत्र प्रदान गरे । साथै नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने अन्य ३८ जनालाई सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरूबाट कदरपत्र प्रदान गरिने जनाएको छ ।

प्रहरी महानिरीक्षक कुँवरले उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी जवान प्रकाश साउद, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेल, उत्कृष्ट बाह्य प्रशिक्षक प्रहरी नायव निरीक्षक रेशम बहादुर बानिया, प्रहरी जवान सरिता थारू, सपोर्ट समूह प्राविधिकतर्फका प्रहरी निरीक्षक भक्त क्षेत्री र उत्कृष्ट खेलाडीतर्फ प्रहरी प्रहरी जवान विशाल सिंह विष्ट र प्रहरी कार्यालय सहयोगी सागर भण्डारीलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *