बाल बालिकाहरुको मुद्दा नसमेटिएकोमा चिन्ता
काठमाडौं। भोलिका कर्णधार आजका बालबालिकाको मुद्दाहरु मिडियामा आउन नसकेको भन्दै एक कार्यक्रमका सहभागीहरुले दुःख व्यक्त गरेका छन्।
चाइल्ड नेपाल नामक गैरसरकारी संस्थाले राष्टिय सञ्चारमाध्यम (डेस्क इडिटर, इडिटर)सँंग गरेको अन्तरक्रियामा उनीहरुले कुल समाचारको झण्डै चारदेखि ६ प्रतिशत समाचार मात्रै बालबालिकाहरुको मुद्धामा रहेको बताए।
यसमा पनि अधिकांश समाचार औपचारिक कार्यक्रमको मात्रै भएको भन्दै उनीहरुले बालबालिका सम्वन्धी खोज, अनुसन्धानमूलक समाचार प्रकाशित, प्रशारित गर्नुपर्नेमा जोड दिए। साथै उनीहरुले ससाना बालबालिकाहरुको मुद्दामा सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा विशेष संवेदनशिलता अपनाउनुपर्नेमा पनि जोड दिए।
कार्यक्रममा डा. कुन्दन अर्यालले आएका चारदेखि ६ प्रतिशत बालबालिका सम्वन्धीको समाचारमा पनि ७८ प्रतिशत समाचार बालबालिकामाथिको दुव्र्यवहारका समाचारहरु रहने गरेको तथ्यांक प्रस्तुत गरे । यसले भोलिका बालबालिकाहरुलाई नकारात्मक सन्देश प्रबाह भइरहेको उनको भनाइ थियो।
कार्यक्रममा बाहखरीका विशेष सम्पादक हरिबहादुर थापाले बालिका बलात्कृत भनेर छापिने समाचारमा पीडकको ठेगाना खोलिदिए पछि पीडित पनि त्यही गाउँकै नै हुने भएर नाम नखुलाए पनि पीडित थप पीडित हुने सुनाए । यसकारण बालबालिका सम्वन्धीका समाचारको लेखन, सम्पादनमा विशेष गाम्भीर्यता अपाउनुपर्ने आवश्यकता उनले औंल्याए।
कार्यक्रममा सम्पादक थापा र डा अर्यालले दुईवटा प्रस्तुतिहरु दिएका थिए । थापाले बालबालिकाबारेका मुद्धामा हाल चलिरहेको सम्पादन र रिर्पाेटिंगको संवेदनशिलता विषयमा प्रस्तुति दिएका थिए ।
उनको प्रस्तुति माथि डा अर्यालले टिप्पणी गरेका थिए । कार्यक्रममा आयोजक संस्थाका निर्देशक मोहन दंगाल, पत्रकारहरु जनक नेपाल, जुनारबाबु बस्नेत, गंगा विसी, प्रकाश सिलवाल, कृष्ण किसी, दीपेन्द्र श्रेष्ठलगायतका आआफना अनुभबहरु सुनाएका थिए । कार्यक्रममा बिभिन्न मिडियाका डेस्क इडिटर तथा इडिटरहरु सहभागी रहेका थिए।
Facebook Comment