१९९ इजरायली बन्धक अझै हमासको हिरासतमा
काठमाडौं । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासले कब्जामा लिएका इजरायली बन्धकहरूको बारेमा नयाँ संख्याहरू जारी गरेको छ।
आइडीएफका प्रवक्ता डेनियल हगारीले गाजामा हमासले १९९ जनालाई बन्धक बनाएको बताएका छन् । यसअघि हिजो इजरायली सेनाले १५५ जनालाई बन्धक बनाएको बताएको थियो । प्रवक्ताले सबै बन्धकका परिवारलाई जानकारी गराइसकिएको बताए ।
गाजाको चरमपन्थी संगठन हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । हमास लडाकुहरूले इजरायली मानिसहरूलाई बन्धक बनाएर लगेका थिए।
कतारले पनि बन्धकहरुको रिहाईका लागि मध्यस्थताको प्रयास गरेको थियो तर हालसम्म बन्धकहरुलाई रिहा गर्न सकेको छैन ।
प्रतिक्रिया
Facebook Comment