ब्रसेल्समा दुई जनाको गोली हानेर हत्या, सहरमा ‘हाई टेरर अलर्ट’ जारी
काठमाडौं । ब्रसेल्समा भएको आक्रमणमा दुई स्विडेनी नागरिकको गोली हानी हत्या भएको छ भने एक जना घाइते भएका छन् ।
आक्रमणपछि ब्रसेल्समा भइरहेको बेल्जियम–स्वीडेन युरो २०२४ को क्वालिफायर फुटबल खेल रद्द भएको छ ।
ब्रसेल्स हाल उच्च आतंक चेतावनीमा छ किनभने बन्दुकधारी अझै पक्राऊ परेको छैन र फरार छ।
अल्बानियाको भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भने, ‘यस आक्रमणले युरोप स्तब्ध भएको छ ।’
बेल्जियमको संघीय अभियोजकका प्रवक्ता एरिक भान डुइसले जनतालाई “खतरा समाप्त नभएसम्म घरमै बस्न” अपील गरे।
उनले आफूलाई आक्रमणकारी भएको दाबी गर्ने व्यक्तिले सामाजिक सञ्जालमा एउटा भिडियोमा आफू “इस्लामिक स्टेटबाट प्रेरित भएको” बताएको बताए।
एक भिडियोमा एक अरबी भाषा बोल्ने व्यक्तिले भगवानको नाममा आक्रमण गरेको र तीन जनाको हत्या गरेको देखाइएको छ।
आक्रमणका क्रममा अपलोड गरिएको भिडियो प्रहरीले पुष्टि गरिरहेको बीबीसीले जानकारी प्राप्त गरेको छ । संघीय अभियोजकहरूले गोलीबारीमा ‘आतंकवाद अनुसन्धान’ खोलिएको बताएका छन्।
Facebook Comment