अस्पतालमा हमलापछि प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले भने– इजरायलले सबै सीमा नाघ्यो

काठमाडौं । प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमूद अब्बासले अल अहली अस्पतालमा भएको आक्रमणलाई ‘भयानक युद्ध नरसंहार’ भनेका छन् । उनले भने, “इजरायलले सबै सीमा नाघेको छ।”
इजरायलले यस हमलामा आफ्नो कुनै भूमिका अस्वीकार गर्दै यो हमला ‘प्यालेस्टिनी इस्लामिक जिहाद’ को रकेटको परिणाम भएको बताएको छ। यस चरमपन्थी संगठनले पनि आफ्नो जिम्मेवारी अस्वीकार गरेको छ।
गाजाको स्वास्थ्य विभागले एउटा अस्पतालमा इजरायली हवाई आक्रमणमा करिब ५०० जनाको मृत्यु भएको दाबी गरेको छ । आक्रमणपछि घाइतेहरूलाई नजिकैको अल शिफा अस्पताल लगिएको थियो।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै ट्वीट गर्दै भने, “सयौं प्यालेस्टाइनीको मृत्युबाट म स्तब्ध छु। अस्पताल, क्लिनिक, चिकित्साकर्मी र संयुक्त राष्ट्रको परिसरलाई अन्तर्राष्ट्रिय कानून अन्तर्गत सुरक्षित गरिएको छ।”
Facebook Comment