एकै दिन ताेलामा १३ सयले बढ्यो सुनको भाउ

डिसी नेपाल
१ कार्तिक २०८० १३:२६

काठमाडौं। नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ। बुधबार सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार छापावाल सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेर १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहको छ । मंगलबार छापाावाला सुन तोलामा १ लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको हो।

त्यस्तै, बुधबार तेजाबी सुन तोलामा १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, बुधबार तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी तोलाको १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *