राष्ट्रपतिबाट आममाफी पाएर जेलबाट छुटेको २५ दिनमै हत्या अभियोगमा पुनः पक्राउ
काठमाडौं । जेलबाट छुटेको २५ दिनमै रुकुमपश्चिमको सानीभेरी गाउँपालिका एक युवकले हत्या अभियोगमा पक्राउ परेका छन् ।
संविधान दिवसको दिन चालचलन राम्रो भएको भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका लोक बहादुर बिकलाई हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी मिनाह पाएर जिल्ला कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –९ का ३३ वर्षीय बिकले जिल्लाकै एक होटेलमा महिलाको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमा डिएसपी नमराज भट्टराईका अनुसार बिकले मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षिया भावना बिकको हत्या गरेका थिए । भावनाको हत्या गरेको बिकले स्विकार गरेको डिएसपी भट्टराईले जानकारी दिए । बिकले असोज २९ गते सोमबार भावनालाई मुसीकोट नगरपालिका –१ खलङगा बजारको होटेल सत्कारमा हत्या गरेको थिए ।
‘अघिल्लो दिन होटेल पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा श्रीमान–श्रीमती नाता उल्लेख गरेर होटेलको कोठा नम्वर १ बुक गरेका रहेछन् दुबै जना सम्पर्कमा नआएपछि कोठा खोलेर हेर्दा भावनाको शव सिरकले छोपिएको अवस्थामा भेटिएको थियो’, डिएसपी भट्टराईले भने । प्रहरीका अनुसार बिकले भावनाको घाँटिमा धारिलो चक्कु प्रयोग हत्या गरेको थिए ।
मृतकको श्रीमान् र हत्या आरोपीको श्रीमती हाल वैदशिक रोजगारीमा रहेकी छन् । प्रहरीका अनुसार प्रतिवादी कारागार मुक्त भए यता २५ दिनमा १२४ पटक दुई जनाबीचमा मोबाईलमा कुराकानी भएको देखिएको छ ।
मृतक भावना गत बर्ष भएको स्थानीय तह निर्वाचनको बेला म्यादी प्रहरीमा भर्ना भएर सानीभेरी गाउँपालिका कार्यक्षेत्रमा खटिएकी प्रहरीको जनाएको छ ।
Facebook Comment