भारत सरकारको निर्मित दुईवटा परियोजनाको उद्घाटन

काठमाडौं। नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।
’नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारका ५.५२३ करोड अनुदान सहयोगमा सर्केगाड गाउँपालिकािस्थितसरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय भवनको विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थितिमा औपचारिक हस्तान्तरण भरिएको थियो ।
प्रतिक्रिया
Facebook Comment