भर्जिनियामा अस्मिता अधिकारी र हर्कुलिस बस्नेतको सांगीतिक प्रस्तुत हुने

भर्जिनिया। एकेबी कम्पनि भर्जिनियाको आयोजनामा पहिलो पल्ट अस्मिता अधिकारी र हर्कुलिस बस्नेतको सांगीतिक प्रस्तुत हुने भएको छ।
आषिस भादेल, साकार थापा, गणेश पाण्डे र अन्जन अधिकारीका अनुसार नोभेम्बर २५ शनिबारका दिन मनाससको सलिसबरी इभेन्ट सेन्टरमा (8890 Mathis Avenue,Virginia मा हुँदैछ।
सुपर हीट गायक गायिका अस्मिता अधिकारी र हर्कुलस बस्नेतले दर्जनौं सुपरहिट गीत गाएका छन्। उनीहरुको गीतमा लाखौं भ्यूज र टिकटक भिडियोहरु पनि बनिसकेको छ।
यहाको स्थानीय चर्चित ब्याण्ड पासाको पनि प्रस्तुति रहनेछ। अस्मिता अधिकारी र हर्कुलस अधिकारीका दर्जनौं गीत प्रस्तुति रहनेछ। अनलाइनबाट टिकट ३० डलर रहेको छ भने कार्यक्रम स्थलमा ४० डलर रहेको आयोजकले बताए।
अनलाइनबाट टिकट लिन यहाँ क्लिक गर्नुहोला
प्रतिक्रिया
Facebook Comment