एनआरएनएका नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण

डिसी नेपाल
४ कार्तिक २०८० १५:३२

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन्।

नवनिर्वाचित अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षहरु हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिमखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी, विनोद श्रेष्ठ, महिला उपाध्यक्ष रोजिना प्रधान, युवा उपाध्यक्षमा रोसन थापा, महासचिव गौरीराज जोशी, उपमहासचिव सोम सापकोटा, प्रविन गुरुङलगायतले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

एनआरएनएको ११औं महाधिवेशनमा भेरोको विद्युतीय प्रणालीबाट मतदान गरिएको थियो। अनलाइन प्रणालीबाट गरिएको मतदानमा निश्पक्ष नभएको भन्दै अध्यक्षका प्रतिस्पर्धीहरु महेश र राजेन्द्र कुमार शर्माले मतपरिणाम स्वीकार नगर्ने बताउँदै आएका थिए।

हिजो निर्वामान अध्यक्षहरु बद्री केसी, कूल आचार्य र रविना थापाले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचनको मत परिणाममा प्राविधिक त्रुटिका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखी सबै प्रक्रिया यथास्थितिमा राख्ने भनी विज्ञप्ति सार्वजनिक गरेका थिए। उक्त विज्ञप्ति निकालिएको २४ घण्टा नबित्दै नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *