‘जी-२०’ भर्सेज ‘ब्रिक्स’

शंकरप्रसाद रिजाल
९ कार्तिक २०८० ९:३५

उत्तर एटलान्टिक समूहका देशहरुको साथ र सहयोगमा एक्लो अमेरीकाद्वारा संसारमाथि भैरहेको राजनीतिक र आर्थिक दबदबाको आगोलाई निभाउन र संसारको अर्थ ब्यबस्थालाई आफ्नै हिसाबले पुनरुत्थान गर्न तीनै नाटो संगठन राष्ट्रहरु र स्वयं अमेरिकालाई राजनैतिक र आर्थिक हिसाबले फरक दृष्टिकोणले हेरिआएका मुख्य देशहरु ब्राजिल, रुस, भारत,चीन मिलेपछि पहिले बृसको उदयपछि सन् २०१० मा दक्षिण अफ्रिका सामेल भएपछि ‘ब्रिक्स’ नामाकरण भई यसको स्थापना भएको हो।

यसको मुख्य उद्देश्य आफ्नो र आफू भित्र समाहित हुने पश्चिमका मुलुक र अमेरिका बाहेक अन्य पूर्बी एसिया, दक्षीण एसिया, मध्यपूर्व मुलुक र अफ्रिकाका अधिकांश देशको सामुहिक आर्थिक उन्नति, बिकास र उपादेयतालाई प्रयोगमा ल्याइ कसैलाई पनि नोक्सान र हानि नपुर्‍याउने हिसाबले सकेसम्म सन् २०५० सम्ममा आर्थिक र प्रविधिको हिसाबले विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र समूहको दर्जामा आफूलाई पुर्याउने उद्देश्यले संक्षिप्त रुपमा ‘ब्रिक्स’ समूहको प्रादुर्भाव भएको हो।

यो शब्द समूहको अवधारणा सबैभन्दा पहिले सन् २००९ मा एक गोल्डम्यान सक भन्ने व्यक्तिले यो छोटो रुपको नामाकरण गरेका थिए।

यसपछि त्यसै साल यो ‘ब्रिक्स’को पहिलो शिखर बैठक जुन १६ ,२००९ मा रुसको येकाटेरिनबर्गमा भएको थियो। यसमा ब्रिक्स देशका सुरुका ४ राष्ट्रप्रमुखहरु सहभागी भएका थिए जसमा भारतबाट तात्कालीन प्रधानमन्त्री डा.मनमोहन सिंहले भाग लिएका थिए।

यो शिखर बैठकमा संसारमा भइ आएको विश्व आर्थिकमन्दी र भविष्यमा सम्मिलित हुने राष्ट्रहरुले बहन गर्नुपर्ने गहन जिम्मेवारी र आपसी व्यापार, विश्व वातावरण, सुरक्षा र विश्व व्यापारको बारेमा गहन छलफल भएको थियो।

यो ब्रिक्स समूह वास्तवमा भन्ने हो भने जी-७ समूह भन्दा शक्तिको हिसाबले बलियो देखिन्छ। पश्चिमको हुकुमी शासन र अमेरिकाको राजनैतिक र आर्थिक दवावलाई परास्त गर्न ब्रिक्सको क्रियाशीलता, निरन्तरता र बिस्तारमा नै यसको सफलता र भविष्य रहेको छ।

‘ब्रिक्स’ को दोश्रो शिखर बैठक १६ अप्रिल २०१० मा फेरि ब्राजिलको ब्रासिलिया सम्पन्न भयो। यो सम्मेलनले प्रथम शिखर बैठकमा अबलम्बन गरी पारित गरेका घोषणालाई नै अबलम्बन गर्दै लैजाने निर्णय भएको थियो। यही सम्मेलनमा फेरि दक्षिण अफ्रिका सामेल भै यसको नाम पुनः ‘ब्रिक्स’ रहन पुग्यो।

यो ब्रिक्सस को शिखर बैठक प्रतेक बर्ष मूल सदस्य राष्ट्रहरुकै बीचमा आलोपालो गरी बैठक हुने भएकोले यसको तेस्रो बैठक चीनको हेनान टापुको सान्या भन्ने ठाउँमा ५ राष्ट्र प्रमुखहरुको सामिप्यमा १४ अप्रिल २०११ मा सम्पन्न भएको थियो।

यो शिखर बैठकमा बिशेष गरेर ब्रिक्सस समूहका राष्ट्रहरुको आपसी आर्थिक उत्थान र बिकास, संयुक्त राष्ट्रसंघका मान्यतालाई सुधार गर्ने, आतंकवादको घोर बिरोध गर्ने र चीनआफैंले भारत, ब्राजिल र दक्षिण अफ्रिका जस्ता देशलाई युएनओको सुरक्षा परिषदमा सदस्यताका लागि जोडदार शिफारिस गर्ने उद्घोष गरिएको थियो।

यसको साथै ब्यापारको सम्बन्धमा पनि युएस डलरमा कारोबार नगरी आफ्नै एक किसिमको मुद्रालाई चलन चल्तीमा ल्याइ अमेरिकी डलरको कारोबारलाई निरुत्साहित गर्ने निर्णयका साथै सन् २०११ मै लिबियाको २ महिने शित युद्धमा नेटोद्वारा खेलेको भूमिका र दवावको घोर भत्सर्ना पनि भएको थियो। यसैगरी ब्रिक्सको चौथो शिखर बैठक सन् २९ मार्च २०१२ मा भारतको ताजमहलमा भएको थियो जहाँ ब्रिक्सका साझेदार राष्ट्रहरुले मुख्यतया देशको स्थिरता, सुरक्षा र आर्थिक विकासलाइ नै प्राथमिकता दिनेगरी आगामी शिखर बैठक दक्षिण अफ्रिकामा सम्पन्न हुनेगरी बैठकको समापन भएको थियो।

यसैगरी पाचौं शिखर बैठक दक्षिण अफ्रिकाको डर्बनमा सन् २०१३ मा भएको थियो। यतिसम्म बैठक हुँदा ब्रिक्स राष्ट्रहरु सबैले एक फन्को बैठकको पालो पाइसकेका थिए। यसमा यस्तै भावनाको सहयोगको आदान प्रदान गरी अन्य विकासोन्मुख पूर्वी एसियाका राष्ट्रहरुलाई बैठकमा सामेल गराउन घच्घच्याउने काम भयो।

यसैगरी छैठौं शिखर बैठक फेरि सन् २०१४ मा ब्राजिलमा भयो। यो बैठकमा आर्थिक आयोजनालाई अगाडि बढाउन ब्रिक्स बिकास बैंक स्थापना गर्ने निर्णय भएको थियो। सातौँ शिखर बैठक सन् २०१५ मा रसियाको उफा सहरभित्र रहेको बास्कोरटासनमा भएको थियो। यसमा बिभिन्न आपसी हितका बिषयमा छलफल भई आठौँ बैठक भारतमा हुने घोषणा गरी बैठक सकिएको थियो।

सोही अनुसार सन् २०१६ मा भारतको गोवामा आठौँ शीखर बैठक सम्पन्न भयो, जसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक समूहका सदस्य राष्ट्रहरु बंगलादेश, भुटान, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्याण्डका प्रतिनिधिहरुलाई समेत आमन्त्रण गरी सामेल गराइएको थियो।

यो नरेन्द्र मोदीकै नेतृत्वमा भएकोले यसको श्रेय उनैलाई नै जान्छ। यो किसिमको भेला र जमघट देखेर पाकिस्तान केही झस्केको महसुस गरी उसै बखत पकिस्तानी संचार माध्यमहरुले मोदीलाई उनले ‘ब्रिक्स’ का सदस्य राष्ट्रहरुलाई भ्रमित बनाइ रहेको आरोप लगाएको थियो।

जे होस् आर्थिक र सामरिक रुपले द्रुततर गतिमा सामुहिक सहकार्यले बिकास र उत्थानको पथमा लम्कियिरहेका यी ५ राष्ट्रहरुको सहकार्यमा मतमतान्तर नआए यसले पश्चिमा देशहरुलाई भविष्यमा एक बलियो झट्का दिने करीब करीब पक्का छ र यसैको वरिपरी रहेका अरु ससाना विकासोन्मुख राष्ट्रहरुलाई पनि ठूलो राहत मिल्ने कुरा निश्चित छ।

यसैगरी नवौं शिखर बैठक सन २०१७ मा चीनको झियामेंनमा ०३-०५ सेप्टेम्बर सम्म भएको थियो। यो बैठकको सभापतित्व चीनका राष्ट्रपति सी जिङपिङले गरेका थिए। यो बैठकको मूल चिज भनेकै ‘झियामेंन घोषणा’ हो जसमा सदस्य राष्ट्रहरुको भविष्यको ‘उज्वलताको लागि दरो साझेदारी’ कायम राख्नु नै रहेको थियो।

दशौँ शिखर बैठक फेरि सन् २०१८ जोहास्न्बर्गको सेन्डटन सम्मेलन केन्द्रमा सम्पन्न भयो। यो दक्षिण अफ्रिकाको दोस्रोे पटकको पालो थियो। यस बैठकमा खास गरी वर्तमान अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा निक्कै गहन छलफल रहेको थियो र साथै नयाँ औद्योगिक क्रान्तिको बारेका कामहरु अघि बढाउने घोषणा गरेको थियो। फेरि सन् २०१९ मा ब्राजिलमा एघारौँ शिखर बैठक सम्पन्न भयो।

यसमा सबै ‘सदस्यराष्ट्र समूहको सम्प्रभुता, आपसी सदभाव र समानता र संसारमा शान्ति स्थापना गर्ने र स्थायी सवल र सक्षम राष्ट्रको निर्माण गर्ने’ र अर्थतन्त्र र प्रविधि कै बिकासको बारेमा केन्द्रिकृत हुने कुराको घोषणा गरी बैठकको समापन गरिएको थियो।

बाह्रौं शिखर बैठक सन् २०२० मा रुसको सेन्ट पिट्सबर्गमा भएको थियो। यो चरणमा आउँदासम्म रुसका बिदेसमन्त्री सर्गे लाभरोभले यो ब्रिक्स समूहमा सामेल हुन दर्जनौं देशहरुले औपचारिक रुपमा निबवदन दिइसकेको जनाएका थिए। यसमा अल्जेरिया, अर्जेन्टिना, इरान, साउदी अरेबिया, टर्की, इजिप्ट र इन्डोनेसिया जस्ता देशहरुले यो ब्रिक्स समूहमा सामेल हुन निवेदन तथा इच्छा व्यक्त गरेका थिए।

यसरी नै अर्का देशहरु काजकस्तान, निकारागुवा, नाइजेरिया, सेनेगल, थाइल्याण्ड र युएईले पनि ब्रिक्स समूहलाई ब्यापक बिस्तार र बिकास गरी आफ्नो आफ्नो देशहरुलाई आर्थिक उन्नति ,स्थीर सुरक्षा ,ब्यापार र उच्च प्रबिधि भित्र्याउन निक्कै उत्सुक भएको बताएका थिए।

हुँदाहँदा लडाईं र झगडाले आक्रान्त बनेको अफागानीस्तान पनि यसमा सामेल हुन आतुर रहेको देखिन्छ। यस्तै तरिकाले ‘ब्रिक्स’ का सदस्य राष्ट्रहरुको संख्या बढ्दै जाने हो भने कालान्तरमा अमेरिकाको भन्दा ३० प्रतिशत ठुलो कुल ग्राहस्थ उत्पादन र ५० प्रतिसत भन्दा बढी विश्वको जनसंख्या र विश्वको ६० प्रतिसत भन्दा बढी ग्यास संचय गर्ने समूह बन्न जाने प्रक्षेपण गरिएको छ।

यस हिसाबले आफ्नै विकास बैंकको स्थापना र समग्र एसियाको बिकासको लागी एसियन पूर्वाधार लगानी बैंक (एआईआईबि) पनि चीनकै अगुवाइमा खोलिने प्रारुपको थालनी गर्ने भन्ने भएको छ।

यदि यस्तो घोषणा अनुसार कार्यान्वयन भएमा यी देश र यसमा सम्मिलित हुने अन्य राष्ट्रहरुले आइएमएफ र विश्व बैंक जस्ता संथाहरुको एकलौटी दवाब र निश्चित शर्तहरु ऋण लिँदा झन्झट खेप्नु नपर्ने खोज भैरहेको छ।

यो भएमा विश्वमा अमेरिका र अन्य पश्चिमेली मुलुकहरुको अनावश्यक राजनैतिक दवाब र बर्चस्व अरु साना विकासोन्मुख राष्ट्रहरुले खप्नु नपर्ने निश्चय छ। यदि यसले सवल रुपमा निरन्तरता पाइरहने हो भने ‘ब्रिक्स’ का सदस्य राष्ट्रहरुलाई नमन गर्ने पर्दछ र यसैमा नै ब्रिक्सको ध्येय,उद्देश्य र सफलता निहीत रहेको मानिनेछ। यसैगरी सन् ०९ सेप्तेम्बर २०२१ मा अर्को तेह्रौंं शिखर बैठक भारतमा भयो।

यो बैठकले बिशेष गरेर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा एसियाका अन्य केही देशलाई सदस्यता दिलाइ सुरक्षा परिषदलाई अहिलेको भन्दा केही बिस्तार गरी अझ दरिलो बनाउने भन्दै एउटा सामुहिक सहमतिका साथ बैठक समापन गरिएको थियो। यस शिखर बैठकमा करीब ४० भन्दा बढी देशहरुले यो ‘ब्रिक्स’ समूहमा सम्मिलित हुने इच्छा प्रकट गरेको र आगामी बर्षको शिखर बैठक पुनः दक्षिण अफ्रिकामा सम्पन्न हुने पारित गरियो।

सोही अनुसार २३ जुन २०२२ मा चौधौँ शिखर बैठक चीनको बेइजिङमा चीनका राष्ट्रपति सि जिङपिङले भिडिओ सम्मेलनमार्फत बैठक सम्पन गरेका थिए। यो बैठकले एउटा मुद्रा संचय गर्ने टोकरी निर्माण गर्न सफल भयो, जसमा मुद्रालगायत अन्य अमूल्य धातु सुन, चाँदी र जुहरतको संचय गर्ने तय गरियो।

यो ‘ब्रिक्स’ को शिखर बैठक भइरहँदा जर्मनमा क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, युके, अमेरिका र युरोपियन संघको जी-७ को बैठक भइरहेको बेला ब्रिक्सको अध्यक्षता गरिरहेका चीनका राष्ट्रपति सि जिङपिङले पश्चिमको जी-२० लाई चुनौती दिँदै ‘अबको संसारको ब्यापार, प्रबिधि, सुरक्षा र अर्थ व्यवस्थाको बागडोर भनेकै महान देश चीन, भारत र रसिया र ब्रिक्स भित्र सामेल भएका सम्पूर्ण देशहरुको हातमा रहने र त्यसको जिम्मेवारी र नेतृत्व लिने हो’ भनेका थिए। यसैलाई ब्रिक्सको दियो र उज्यालो भविष्यको शुभकामना र समर्पण गरी बैठक सम्पन्न भएको थियो।

प्रत्येक शिखर सम्मेलनले केही न केही नयाँ कुराको घोषणा गरेको छ। यसरी सन् २००९ मा जन्मेको ‘ब्रिक्स’ समूहको शिखर बैठकले निरन्तर हरेक बर्ष पाँच देश ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका देशभित्र नै आलोपालो गरी कटिबद्धताका साथ सम्पन्न हुँदै प्रत्येक शिखर बैठकमा पश्चिमको आर्थिक अबस्था, अधिनस्थ राजनीति, आतंकबाद र हमलाहरुलाई चुनौती दिइ आज यो अवश्थामा आएकोमा पूर्बी एसियाका सम्पूर्ण राष्ट्रहरुले राम्रै मान्नु पर्दछ। यसको बिकासमा सम्पूर्ण एसिया र अफ्रिकाका देशहरुले कालान्तरमा निकै ठूलो लाभ उठाउन सक्ने निश्चय छ।

ब्रिक्सको ब्यापकता, मूल्य र मान्यताको अबलोकन गर्ने हो भने यो आफैंमा एउटा बहुतै गतिशील समूह हो। यसले आफ्नो इमान्दारीतालाई मध्यनजर गर्दै सबैलाई उत्तिकै प्राथमिकता दिई काम गर्ने हो भने यसले विश्वमा जी-२० भन्दा निकै विशालता र शक्ति कायम गर्न सक्ने आंकलन गर्न सकिन्छ।

किनकि यसमा विश्वमा नया उदियमान शक्ति राष्ट्र चीनको प्रवेश भएको छ र साथै भारत जस्तो बिशाल जनसंख्या र भूमि भएको देश र रसिया जस्तो शक्तिशाली देशको समाबेश भएको छ। अहिलेनै हेर्ने हो भने पनि यसले विश्वको ३६% कुल ग्राहस्थ उत्पादन र ४७% जनसख्या ओगटेको छ।

यसै गरि ब्रिक्सले विश्वको २७% भूभाग ओगटेको छ। यो एउटा त्यस्तो राष्ट्रहरुको समूह हो जसमा जीडीपी र जनसंख्याको हिसाबले संसारका दशौं श्रेणीमा पर्ने मुलुकहरु चीन, ब्राजिल, रसिया र भारत रहेका छन्।

तर यति हुँदाहुँदै पनि ब्रिक्स समूह राष्ट्रहरुको निजी क्षेत्रमा रहेको सरदर आर्थिक संरचना असन्तुलित छ जसले गर्दा अरु पश्चिमा देश र अमेरिका देशको भन्दा यसको निजी क्षेत्रको लगानी लगभग ५०% ले नै तल रहेको छ। यी सबै कुरालाई तालमेल मिलाई लैजाने हो भने ब्रिक्स को भबिष्य यो जी–७ बाट बढ्दै गएर जी-२० को रुपमा उभ्रेको पश्चिमको समूह भन्दा निक्कै शक्तिशाली हुने निश्चित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *