बाइडेनले भने ‘इजरायल र प्यालेस्टाइनबीचको अवस्था पहिलेको जस्तो हुन सक्दैन’
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबीचको अवस्था “अक्टोबर ६ जस्तो फेरि कहिल्यै हुन नसक्ने” बताएका छन्।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँगको पत्रकार सम्मेलनमा बोल्दै बाइडेनले इजरायलले “आफ्ना नागरिकहरूको सुरक्षा गर्न सक्दो गर्नैपर्छ” भने।
बाइडेनले वेस्ट बैंकमा प्यालेस्टिनीहरूमाथि “चरमपन्थीहरू” द्वारा आक्रमणको रिपोर्टबाट आफू चिन्तित भएको बताए।
उनले भने- “उनीहरूले प्यालेस्टिनीहरूलाई बस्ने अधिकार भएका ठाउँहरूमा आक्रमण गरिरहेका छन्। यी आक्रमणहरू बन्द गर्नुपर्छ। ”
उनले भने – संयुक्त राज्य अमेरिकाले इजरायलको आफ्नो रक्षालाई समर्थन गर्दछ र “इजरायलसँग हमास आतंकवादीहरू विरुद्ध आफ्नो रक्षा गर्न आवश्यक साधन छ भन्ने सुनिश्चित गर्नेछ।”
बाइडेनले यो पनि भने – हमासले “गाजा वा कहीं पनि प्यालेस्टिनीहरूको ठूलो समूह” को प्रतिनिधित्व गर्दैन।
उनले भने – हमासले अब इजरायली जनतालाई तर्साउन सक्दैन न त मानव ढालको रूपमा प्रयोग गर्न सक्छ।
इजरायल र हमासबीच अक्टोबर ७ देखि जारी द्वन्द्वको आज १९ औं दिन हो ।
हमासका अनुसार गाजामा हालसम्म २,७०४ बालबालिकासहित ६,५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।
यसैबीच, अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणमा १४ सय जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी मानिसलाई बन्धक बनाइएको छ ।
Facebook Comment