गाजामा अल-जजीरा संवाददाताको सम्पूर्ण परिवार मारिए

काठमाडौं । अल-जजिरा मिडिया नेटवर्कले इजरायली हवाई आक्रमणमा गाजा संवाददाताका श्रीमती र दुई छोराछोरी मारिएको जानकारी दिएको छ।
यी मानिसहरू उत्तरी गाजाबाट भागेर शरणार्थी शिविरमा बस्दै आएका थिए। यस आक्रमणको बारेमा इजरायली सेनाको तर्फबाट कुनै बयान आएको छैन।
अल-जजीराले प्रत्यक्ष टिभीमा संवाददाता वेल अल-दहदौलाई आफ्नी श्रीमती, छोरी र छोराको शव समातेको देखाएको थियो।
अल-जजीराका अनुसार यी मानिसहरू गाजाको नुसिरत शरणार्थी शिविरमा बस्दै आएका थिए र इजरायली रकेट आक्रमणमा मारिएका थिए।
इजरायलको चेतावनीपछि वेल अल-दहदौले आफ्नो परिवारसहित उत्तरी गाजा छोडेर दक्षिणी गाजा गएको अल-जजीराले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment