हामीले स्थल हमलाको तयारी गरिरहेका छौं : इजराइली प्रधानमन्त्री
तेल अविव। ‘इजराइल आफ्नो अस्तित्वको लडाइँमा छ’ भन्ने आफ्नो भनाइ दोहोर्याउँदै इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासको युद्ध विरुद्धको आफ्नो लक्ष्य ‘देशलाई बचाउनु’ रहेको र हमासलाई नष्ट गर्नका लागि स्थल आक्रमण चाँडै सुरु हुने बताउनुभएको टाइम्स अफ इजराइलले बताएको छ।
उनका अनुसार इजराइल स्थल कारवाहीका लागि तयार भइरहेको छ। यद्यपि कहाँ र कहिले आक्रमण सुरु गर्न लागेको हो भन्नेबारे उनले केही बताएनन्।
“हामी स्थल आक्रमणको तयारी गरिरहेका छौं, कहाँ, कसरी र कति आक्रमण हुन्छ भन्नेबारे म भन्दिनँ, म ती विचारहरूो सीमाको बारेमा पनि विस्तारपूर्वक बताउँदिन जसमा अधिकांशका बारेमा जनतालाई जानकारी छैन, साथै यस्तै नै मानिन्छ, यही तरिका हो जसबाट हामी आफ्ना सैनिकहरूको ज्यानको रक्षा गर्न सक्छौं”, उनले भने।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नेतान्याहुले भने, “इजराइल हाम्रो अस्तित्वको लडाइँको बीचमा छ, युद्धका दुई उद्देश्य हुन्छन्-हमासको सैन्य र शासन क्षमतालाई नष्ट गर्नु र उसलाई समाप्त पार्नु, साथै हाम्रा बन्धकहरूलाई फिर्ता गर्नका लागि हरसम्भव प्रयास गर्नु।”
प्रधानमन्त्री नेतान्याहुलाई उद्धृत गर्दै टाइम्स अफ इजराइलले भनेको छ, “हमासका सबै सदस्य मृत व्यक्ति हुन्। उनीहरू जमिनमाथि र तल, गाजाभित्र र बाहिर घुमिरहेका छन्। रक्षामन्त्री योआभ ग्यालेन्ट, मन्त्री बेनी गेन्ट्ज, सुरक्षा क्याबिनेट, मुख्यसचिव र सुरक्षा संगठनका प्रमुखहरूसँग हामी विजय प्राप्त नभएसम्म युद्धका लक्षहरूलाई प्राप्त गर्नका लागि चौबिसै घन्टा काम गरिरहेका छौं र राजनीतिक विचारलाई पनि यस्तै बनाइरहेका छौं।”
मुलुकलाई बचाउनु र जित हासिल गर्नु नै लक्ष्य भएको उल्लेख गर्दै उनले इजराइली कारवाहीमा हजारौं आतंककारी मारिएको र यो सुरुआत मात्र भएको बताए।
स्थल आक्रमणको समयका बारेमा सर्वसम्मतिले निर्णय लिइएको उनको भनाइ थियो। “अपरेसनको समय युद्ध मन्त्रिपरिषद् र मुख्यसचिवमार्फत सर्वसम्मतिले निर्धारण गरिएको थियो”, उनले भने, “हामी ती हत्यारा, अत्याचारी र हमासबाट पूरा मूल्य चुकाउने छौं।”
उनले गाजाका गैरलडाकूहरूलाई फेरि पनि दक्षिणी गाजातिर जान आग्रह गरे।
Facebook Comment