आत्मनिर्भर एकमा, योजना अनेकमा
केही वर्ष अगाडि नेपालमा चीनबाट मात्र करिव ७० करोड रुपैयाँ भन्दा बढीको लसुन आयत गरिएको समाचारहरुमा सार्वजनिक भएको थियो। नेपालका नेताहरुलाई पनि सर्म लागेको छैन र हामी आ-आफ्ना खेतबारी छोडेर राजधानीलगायत विभिन्न शहर, बजार तथा गाउमा समेत विदेशी लसुन किनेर भान्सा स्वादिलो बनाउनेहरुलाई पनि सर्म लागेको छैन।
किनभने हामी क्रमश परनिर्भरमा अभ्यस्त भइरहेका छौं। हामी हरेक कुरामा आत्मनिर्भरता गुमाइरहेका छौं। हुनत देशको मूल नीति राजनीति नै परनिर्भर भएपछि उत्पादनमा आत्मनिर्भर हुनखोज्नु आफैंंलाई मुर्ख बनाउनु शिवाय केही होइन।
तर पनि सास रहेसम्म आश भनेजस्तै आश छोडेर निरास भइहाल्नु हुँदैन। आत्मनिर्भरका सम्भावना र उपायाको खोजिमा निरन्तर लागिरहनु पर्दछ। र सबै प्रतिकूलतालाई अनुकूलतामा बदल्नै पर्दछ।
लसुन बाटै अघि बढौंन। आत्मनिर्भर लसुनबाटै सुरु गरौंन। हाम्र पुर्खाहरुले १२ मसला एक लसुन भनेर त्यसै बोलेका थिएनन्। लसुनमा स्वाद निर्माण र स्वास्थ्य निर्माणको शक्ति देखेर नै यसो भनेको हुनुपर्दछ। नेपालमा लसुन नपाक्ने भान्सा र लसुन नउम्रने भूँइ शायदै होला।
त्यसैले मात्र नेपालको भूईँमा उमारेको लसुन नेपालको भान्सामा भन्ने नारालाई व्यवहारमा परिणत गर्न सकेको खण्डमा आत्मनिर्भर एकमा योजना अनेकमा नेपालको सुरुवात भएको मानिने छ।
त्यसैले नेपालमा आत्मनिर्भर एकमा योजना अनेकमा लसुनबाटै सुरुगरौं र अनेकको योजना बनाऔं। हाम्रोमा सुन खानी त नहोला तर देशलाई नै जताततै लसुन खानीमा रुपान्तरण गर्न सक्छौं नि।
सुनले हाम्रो पैसा विदेशमा लान्छ तर लसुनले पैसा स्वदेशमै राख्छ अथवा विदेशको पैसा पनि स्वदेशमै तान्छ। यो सत्य बुझेपछि सुनमा होइन लसुनमा जोड दिने बेला भएन र? आउनुहोस् लसुनलाई नै नेपालको सुन बनाउने उपायाको खोजी गरौं र यसमा आत्मनिर्भर बन्ने योजाना बनाउन लागौं। लसुन बेचेर सुन किन्ने मुलुक बनाउन सकिन्छ।
नेपाललाई कति लसुन आवश्यकता पर्छ आगामी दशवर्ष सम्मलाई र नेपालमा लसुन उत्पादनको क्षमता कति छ यसको लेखाजोखा निकालौं। लसुन उत्पादन हुने माटो र उत्पादन बढाउने बाटो (उपाय) पत्ता लगाउनु पर्दछ व्यापक अध्यायन र अनुसन्धान गरेर।
यसमा सरकारले कृषि मन्त्रालयलाई यसको कार्यक्रम बनाउन लगाउनु पर्दछ। नेपालमा परम्परादेखि उत्पादन हुँदै आएको हाम्रो सानो केस्रा भएको लसुन उत्पादन गर्ने कि चीनबाट आएको ठूला केस्रा भएका लसुन उत्पादन गर्ने भनेर विज्ञहरुले कारण सहित राय दिनु पर्दछ व्यापक अध्यायन अनुसन्धानबाट।
हाम्रा परम्परागत राम्रा उत्पादन पनि जोगाउने र व्यवसायिक हिसावले बढी उत्पादन दिने बाली बिचको बाटो कसरी निकाल्ने उपाया विज्ञहरुसँग हुनुपर्दछ। परम्परागत खेतिबाट कम उत्पादन भएर घाटाबाट थाकेर किसानहरु पलायन पनि हुन सक्छन् भने बढी फाइदा हुने लोभमा किसान एकोहोरिदा हाम्रा राम्रा सबै परम्परागत उत्पादनहरु लोप भएर जान पनि सक्छन्। दुबै को सन्तुलन मिलाएर लानु पर्दछ।
के नेपाल लसुनमा आत्मनिर्भर हुनसक्छ होला? के नेपालमा प्रचुर मात्रमा लसुन उत्पादन गर्न सकिँदैन? अवश्य सकिन्छ। नेपालमा जताततै लसुन उत्पादन गर्न सकिन्छ पहाडका टाकुरा देखि तराइका गह्रा सम्म। नेपालको हावा पानी माटो धेरै अनुकूल छ एक मात्र होइन अनेक उत्पादनको लागि।
केमा कमी भयो त नेपाल नीतिमा कि नेतामा कि प्रविधिमा कि किसानमा कि जाँगरमा कि अनुसन्धानमा कि अनुदानमा कि कर्मचारी यन्त्रमा कि बजारमा कि श्रमशक्तिमा कि देशभक्तिमा कि गहिरोसँग केलाउनु पर्ने भएको छ लसुनका केस्रा केलाए जसरी।
कमी कहीँ न कहीँ छ गहिरिएर केलाउनै पर्ने भएको छ। कमजोरी पत्ता नलगाई कमजोरी सुधार्न सकिँदैन। कमजोरी नसुधारी कुनै पनि उत्पादन सुधार्न सकिँदैन। लसुन मात्रै अपवाद हुन सक्तैन।
नेपालमा चल्ने हातहरु भन्दा छल्ने जिब्राहरु धेर भएका छन्। देखिएको तथ्य भन्दा लेखिएको असत्य विश्वासिला भएको छन्। भाषण, उद्घाटन धेरै अनुसन्धान थोरै भएको छ। अनुसन्धानमा रकम छैन अनावश्यक धेरै जनप्रतिनिधिमा रकमको विनास छ।
किन चाहिएको यति धैरै जाप्रतिनिधि हामीलाई? आधा जनप्रतिनिधिहरु घटाएर त्यो बाट बचेको पैसा अनुसन्धानमा लगाउनु चाहि अग्रगमन ठहर्छ। जुन देशमा छली जिब्राहरु धेर चल्छन् गरी हातहरु थोर चल्छन् ती देशहरु छिटै थला पर्छन्।
थोरै जनप्रतिनिधि, देशभक्तिपूर्ण राजनीति धेरै सीपयुक्त जनशक्ति र राजनीति मुक्त विकास नीति भएमा मात्र नेपालमा धेरै लसुनहरुमा आत्मनिर्भर भएर नेपालको शक्ति नेपालीको लागि प्रमाणित हुनेछ।
नेपालका नीति निर्माताहरुले, विज्ञहरुले आत्मनिर्भरको दौडका मार्गहरु तय गर्नु परेको छ अनेक मिटरका दौडने ट्रयाक जस्तै। पहिला १०० मिटरको ट्रयाकबाट दौडेर त्यो दौडमा सफलता हासिल गरौं। अर्थात राष्ट्रिय अठोट गरौं कुनै एकमा छिटै आत्मनिर्भर बनिहालौं।
त्यो जेमा पनि हुन सक्छ अनेकमा पनि हुन सक्छ। कुनै कुनै छोटो दूरीका आत्मनिर्भरका ट्रयाक कोरौं र कुनै लामो दूरीका याने आत्मनिर्भरका म्याराथुन दौडका योजना बनाऔं। नेता, भाषण, उद्घाटन राष्ट्रिय धनको क्षति थोर र अनुसन्धान, अनुदान, र उत्पादन धेरको नीति र व्यवहारले आत्मनिर्भरका फाँटहरु स्वत उध्घाटित हुँदै जान्छन्।
आत्मनिर्भरको नेपाली भान्साघरको रेखाचित्र कोरौं। नेपाली भान्सामा चाहिने पिठो, दाल, भात, तिहुन तरकारी, सागसब्जी, भुटुन, मसला, अचार, गुलियो, पिरो, अमिलो, दुध, दही, मोही, घिउ,फलफूल,माछा मासु अण्डा आदिका अनेक प्रकारमा आत्मनिर्भरका १०० मिटर देखिका म्याराथुनका ट्रयाक कोरौं र रेकर्डको साथ आत्मनिर्भरका दौड सम्पन्न गर्ने योजना तय गरौं। आत्मनिर्भरको क्षेत्र कृषि क्षेत्रलाई नै बनाऔं।
परम्परगत र आधुनिक कृषिको थिति, विधि, प्रविधिको समन्वयमा कृषिलाई आधुनीकिकरण र व्यवसायिकीकरण गरेर यसलाई आत्मनिर्भरको क्षेत्र बनाउने योजना बनाउन लागि हालौं। हामीसँग जमिनशक्ति छ, जनशक्ति छ जलशक्ति छ इमान्दार देशभक्तियुक्त राजनीतिको इच्छाशक्तिको मात्र कमी भएकोले यी शक्तिको सदुपयोग हुन नसकेको हो। नेताहरु छिटै देशप्रति इमान्दार बन, आफूलाई सुधार र नेपालमा आत्मनिर्भको फाँट उघार।
सुनमा सुगन्ध हुन्छ आर्गानिक कृषिको आत्मनिर्भर नेपाल बनाउन सकेमा। केही दशकअगाडि सम्म त पुरै नेपाल त आर्गनिक नेपाल नै थियो। न विसादीको न रासायनिक मलको नै प्रयोग हुन्थ्यो। पुरै पशु मलले ढाकेको हुन्थ्यो नेपालका खेतबारीहरु।
केही दशक अगाडि भारतको बंगाललगायत धेरै भूभागमा अनिकालले धेरै मानिस मरेका थिए। चीनमा पनि त्यस्तै भएको थियो। तर नेपालमा अनिकालले मानिस मरेको समाचार कहिल्यै बनेको थिएन। प्रकृतिको बरदान भएकोले नै नेपालमा अनिकालले मरेको समचार नबनेको हो।
हिमाल पहाड र तराइको सन्तुलनले नेपालमा कृषि उत्पादनको लागि बरदान नै छ। नेपालमा त कतिपय स्थानमा त जंगली फलफूल र कन्दमुल पनि पर्याप्त पाइन्छन् र कति मानिसहरुले तिनको पनि खाद्य विकल्प बनाएका छन भर अभरमा। त्यसले पनि नेपाललाई अनिकालले मरेको समाचार बन्न नदिन सहायक बनेको हो।
नेपाल आफैंमा फलफूलको जंगल हो। सबै संभावनाको मुलुक हो। यसलाई व्यवसायिककरण, आधुनिककरण र वैज्ञानिककरणको मात्र खाँचो छ। विकासको लागि राजनीति गर्नु परेको छ सबैले। राजनीतिको लागि विकास नगरौं। यसले विगारेको छ।
जताततै खेती र फलफूलले हरियो होस्। खेती गर्ने किसानको गोजी सधैं भरिएको होस् त नेपाल कृषिमा आत्मनिर्भर हुन कुनै टाढाको कुरो हुँदैन। राजनीति, नीति र कर्मचारी सही हुनुपर्दछ।
अरवको बगरमा तातो घाममा पिल्सिदै पसिना बगाउन सक्ने युवाले स्वदेशमा किन पसिना बगाउन सक्तैनन् र? यदि उनिहरुको भविश्य नेपालमा नै सुनिश्चित हुन्छ भने। ध्यान यततिर सबैको जाओस्। जेमा निर्भर वा आत्मनिर्भर भने पनि जे शिर्षकमा लेखे पनि पृथ्वीविचारको स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्रको धेराभन्दा बाहिर जानै सकिँदैन।
अरबको जस्तै पैसा हुनु पर्यो कामको। तर अरबमा जस्तो खटेर काम पनि गर्नु पर्छ हामी नेपालीहरूले नेपालमा पसिना बगाउन सकिन्छ। वातावरण मिलाउने काम त सरकारको हो नी!
बिचार, सोच धेरै राम्रो लाग्यो।
यो विचार , सोच प्रत्यक नेपाली मा हुनु जरूरी भयो।
प्रत्यक ब्यक्ति वा परिवारमा छलफलको बिषय बनाउ।