बारामा शिक्षक हत्यामा संलग्नको आशंकामा तीन जना पक्राउ, ६० किलो सुन तस्करीसँग जोडेर अनुसन्धान

डिसी नेपाल
१३ कार्तिक २०८० १९:५३

काठमाडौं । बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्या प्रकरणमा ६० किलो सुन तस्करीसँग जोडेर हेर्न थलिएको छ ।

बारा प्रहरीले उनको हत्या आशंकमा तीन जनालाई पक्राउ गरेपछि सुन प्रकरणसँग जोडेर अनसन्धान शुरु गरेको छ । ‘उनको हत्यामा प्रहरीले ६० किलो सुन तस्करीसँग जोडेर अनसन्धान शुरु गरेको छ, उनको आफन्तहरुको दुई–तीन वटा सुन पसल छन्’, प्रहरी उच्च स्रोतले भन्यो ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका एक जनालाई जिल्ला प्रहरी कार्यालय ल्याइसकिएको र अन्य दुई जनालाई पक्राउ गरेर ल्याउँदै लागिएको छ । ‘मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरिएको छ,एक जनालाई पक्राउ गरेर प्रहरी कार्यालयमा ल्याइसकिएको छ । अन्य दुई जनालाई पक्राउ गरिसकिएको छ’, प्रहरी उच्च स्रोतले भन्यो ।

पक्राउ परेका नाम भने प्रहरीले गोप्य राखेको छ । दुई वटा मोटरसाइकलमा आएको अज्ञात समूहले उनीमाथि सोमबार दिउँसो गोली प्रहार गरेको थियो । उपचारका क्रममा उनको वीरगन्जस्थित बयोधा अस्पतालमा निधन भएको थियो ।

रुपेशलाई सीमा पारीबाट आएकाहरुले ५ राउण्ड गोली लहानी हत्या गरेका थिए । गोली लागेलगत्तै उपचारका लागि उनलाई कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पु¥याइएको थियो ।

त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेका थिए । मृतक सर्राफको कलैया बजारमा दुई वटा सुन पसल पनि थियो । पसल उनका दाजु भोला सर्राफले चलाउँदै आएका थिए । ६० किलो सुन तस्करीमा पक्राउ परेका शिव सर्राफ उनका आफन्त रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *