अमेरिकाले भन्यो-नेपाल इन्डो प्यासिफिकको महत्वपूर्ण साझेदार

डिसी नेपाल
१४ कार्तिक २०८० २:४५

वासिंगटन डिसी। अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले नेपाललाई इन्डो प्यासिफिकको महत्वपूर्ण साझेदार भनेका छन्।

नेपालका परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनबीच अमेरिकाको राजधानी वासिंगटन डिसीमा भेटवार्ताका क्रममा उनले सो कुरा बताएका हुन्। ७६ वर्ष लामो कुटनैतिक सम्बन्धको अवधिमा आज नेपाल इन्डो प्यासिफिकको महत्वपूर्ण सहयोगी बताएका हुन्।

उनले नेपाल र अमेरिकाका बीचमा स्वतन्त्र, खुल्ला,सुरक्षित र सम्मुन्नत इन्डो प्यासिफिक ग्यारेन्टी गर्नका लागि एकसाथ कार्य भइरहेको पनि बताएका छन्। अक्टोबर ३० तारिक विहान डिसी आइपुगेका मन्त्री साउद र ब्लिंकेनबीच सोही दिन दिउँसो अमेरिकी विदेश मन्त्रालयमा दुईपक्षीय भेटवार्ता भएको हो।

विदेशमन्त्री ब्लिंकेनले इजरायलमा हमासको आक्रमणमा हत्या गरिएक १० जना नेपालीबारे पनि भेटवार्ताका क्रममा गहिरो शोक व्यक्त गरेका छन् ।

भेटवार्ताका क्रममा नेपाली परराष्ट मन्त्री साउदले अमेरिका नेपालको विकासको साझेदार रहेको भन्दै अमेरिकाले स्वास्थ्य, शिक्षामा गरेको सहयोगका साथै संकट र समस्याका बेला गरेको सहयोगको प्रसंसा गरेका थिए।

डिसीस्थित नेपाली दूतावासले जारी गरेको सूचनाअनुसार, दुई नेताका बीचमा विकास साझेदारी, व्यापार र बजारमा पहुंच एवं लगानीका बारेमा कुराकानी भएको छ। यसैगरी प्रविधि, कृषि र खाद्य सुरक्षाका बारेमा पनि दुई विदेशमन्त्रीहरु बीच कुरा भएको दूतावासले जनाएको छ।

के-के विषय विचार आदान प्रदान भयो भन्ने कुरा नखुलाए पनि दूतावासले दुई नेताका बीचमा साझा चासोका क्षेत्रीय र अन्तर्राष्टिय विषयहरुमा कुराकानी भएको पनि जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *