गाजाका अस्पतालहरूको अवस्थाबारे राष्ट्रसंघले भन्यो- ‘बिरामीलाई स्थानान्तरण गर्न असम्भव छ’

डिसी नेपाल
१४ कार्तिक २०८० १३:४०

काठमाडौं । प्यालेस्टिनी शरणार्थीहरूको लागि काम गर्ने संयुक्त राष्ट्र राहत एजेन्सीका प्रमुखले उत्तरी गाजाका अस्पतालहरूमा हजारौं बिरामी फसेको बताएका छन्।

यी बिरामीलाई दक्षिणतर्फ लैजान सम्भव नभएको उनले बताए । युएनआरडब्लुएका टम ह्वाइटले भनेअनुसार उत्तरी गाजाको अल-कुड्स अस्पतालबाट बिरामीहरूलाई सार्न सकिँदैन।

रेड क्रिसेन्टको प्यालेस्टिनी शाखाले इजरायलले उनीहरूलाई आइतवार अस्पताल खाली गर्न भनेको छ, जबकि अस्पताल नजिकै विस्फोटहरू जारी छन्।

टम ह्वाइट भन्छन् – ‘उत्तरी गाजाका मानिसहरू युएनआरडब्लुए स्कूल र अस्पतालहरूमा शरण लिइरहेका छन्।

यातायात व्यवस्था नहुँदा बिरामी मात्रै नभएर स्थानीयलाई पनि त्यहाँबाट निकाल्न नसकिने उनले बताए ।

टम ह्वाइटले भने, “मानिसहरू भोकाएका, तिर्खाएका र डराएका छन्। धेरै मानिसहरू रोटीका केही टुक्राहरूको भरमा बाँचिरहेका छन्।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *