इजरायल-गाजा द्वन्द्व बारे बोल्दा बेलायतमा सांसद निलम्बित र अधिकारी बर्खास्त

डिसी नेपाल
१४ कार्तिक २०८० १६:०६

काठमाडौं । बेलायतमा एक सरकारी कर्मचारीलाई बर्खास्त गरिएको छ र लेबर पार्टीका एक सांसदलाई इजरायल-गाजा द्वन्द्वमा टिप्पणी गरेकोमा निलम्बन गरिएको छ।

मन्त्रीस्तरीय सहयोगीको रूपमा काम गर्ने पल ब्रिस्टोले गत हप्ता प्रधानमन्त्री ऋषि सुनकलाई पत्र लेखे र ‘स्थायी युद्धविराम’ ले जीवन बचाउने र खाँचोमा परेकाहरूसम्म सहयोग पुग्न मद्दत गर्ने बताए।

उनको भनाइबारे प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘उनको भनाइ सामूहिक उत्तरदायित्वको सिद्धान्तसँग बाझिएको छ ।’

लेबर सांसद एन्डी म्याकडोनाल्डले प्यालेस्टाइन समर्थक र्‍यालीमा भाषणमा प्रयोग गरेको शब्दलाई लिएर निलम्बन गरिएको छ।

यद्यपि, एन्डी म्याकडोनाल्ड भन्छन् कि उनले हत्याहरू रोक्न खोजेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *