जापानको एक अस्पतालमा गोली चल्यो

काठमाडौं । जापानको टोडाको एक अस्पतालमा गोली चलेको खबर आएको छ ।
स्थानीय सञ्चारमाध्यममा प्रकाशित रिपोर्टका अनुसार दुई जना घाइते भएको बताइएको छ जसमध्ये एक जना डाक्टर र अर्का बिरामी रहेका छन् ।
स्थानीय अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यममा संदिग्ध व्यक्ति ४०-५० वर्षको हुनसक्ने बताइएको छ ।
अधिकारीहरूले वरपरका क्षेत्रहरूलाई घेरा हालेका छन्।
टोडा जापानको सैतामा प्रान्तको एउटा सहर हो, जहाँ जनसंख्या १ लाख ४० हजार छ।
प्रतिक्रिया
Facebook Comment