बम पड्काएर एकैचोटी ५० भन्दा धेरैको हत्या गरेपछि इजरायलको यस्तो दाबी

डिसी नेपाल
१५ कार्तिक २०८० १५:५९

काठमाडौं । इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कोनिक्सले गाजाको जबलिया आक्रमणमा आफ्नो निशाना हमासका वरिष्ठ कमाण्डर इब्राहिम बियारी रहेको बताएका छन् ।

यस हमलामा बियारीले सञ्चालन गरिरहेको भूमिगत सुरुङमा हमासका ‘धेरै लडाकु’ मारिएको उनले बताए ।

इजरायली सेनाका प्रवक्ताले भने ‘आइडीएफले भूमिगत सुरुङ परिसरलाई निशाना बनाएको थियो र यो भत्केका कारण नजिकैका धेरै भवनहरू भत्किएका थिए, जसलाई रोक्न सकिएन।’

आइडीएफले ‘संपार्श्विक क्षति’ को रिपोर्टहरू अनुगमन गरिरहेको बताएको छ। अन्तर्राष्ट्रिय मिडियाले यी दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि गरेका छैनन्।

आक्रमणपछिका तस्बिरहरूमा नजिकैका भवनहरू भत्किएका र त्यहाँ ठूला खाल्डाहरू पनि बनेको देखिन्छ। यस आक्रमणमा मृत्यु हुनेको संख्या अझै स्पष्ट हुन सकेको छैन ।

चरमपन्थी संगठन हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले यस हमलामा कम्तीमा ५० जनाको मृत्यु भएको जानकारी दिएको छ ।

जहाँ ‘प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटी’ले झण्डै २५ जनाको मृत्यु भएको जनाएको छ । बीबीसीले गाजाका एक डाक्टरसँग कुरा गरेको छ, जसले आफ्नो अस्पतालमा १५० शव ल्याइएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *