आइसीसी टी-२० : नेपाल र ओमानबीच समूह ‘ए’ को अन्तिम खेल हुँदै

डिसी नेपाल
१६ कार्तिक २०८० ७:२९

काठमाडौं। नेपाल र ओमानका बीचमा आज प्रतिस्पर्धा हुँदैछ। आईसीसी टी-२० विश्व कप एसिया क्षेत्र छनोटको खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो। सो खेल त्रिभुवन बिश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुनेछ। यो खेल बिहान ९ बजे सुरु हुनेछ।

यसअघि नेपालले सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएर ओमानसँग प्रतिस्पर्धा गर्न पुगेकाे हाे भने ओमान पनि दुई खेलमा जीत हासिल गर्दै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो। उसले यसअघि मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले हराएको थियो।

नेपालले ओमानसँग आफनो समुह अर्थात समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो। नेपाल र ओमानबीच आज हुने खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ।

टी-२० मा नेपाल र ओमानबीच चार खेल भएको छ। जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *